Trending
Prev Story
Next Story

भक्तपुरको पोटरी स्क्वायरमा तिहारको चहलपहल, पाला बनाउन भ्याइनभ्याइ

Ekantipur •
November 01, 2026 • 08:32 AM
1
1 reads 0 reactions

लक्ष्मीपूजाका लागि माटाका पाला किन्न उपभोक्ता पुग्न थालेपछि भक्तपुरका कुमालेहरू उत्पादन र बिक्री दुवैमा व्यस्त देखिएका छन्।

भक्तपुरको पोटरी स्क्वायरमा तिहारको चहलपहल, पाला बनाउन भ्याइनभ्याइ

लक्ष्मीपूजाका लागि माटाका पाला किन्न उपभोक्ता पुग्न थालेपछि भक्तपुरका कुमालेहरू उत्पादन र बिक्री दुवैमा व्यस्त देखिएका छन्।

भक्तपुर — तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायका कुमालेहरू माटाका पाला, दियो, कलश र धुपौरो बनाउन व्यस्त भएका छन्। भक्तपुर नगरपालिकास्थित पोटरी स्क्वायरमा अहिले माटाका सामग्री बनाउने, घाममा सुकाउने, रंग लगाउने र भट्टीमा पोल्ने काम भइरहेको छ।

तिहारका लागि आवश्यक माटाका सामग्री किन्न उपभोक्ताहरू पनि पोटरी स्क्वायर पुग्न थालेका छन्। यसले गर्दा यहाँको चहलपहल बढेको छ। कुमालेहरूलाई सामग्री बनाउन र बिक्री गर्न भ्याइनभ्याइ छ।

यहाँ माटाका साना पाला प्रतिगोटा तीन रुपैयाँ, ठूला पाला २० रुपैयाँ र धुपौरो ५० रुपैयाँमा बिक्री भइरहेका छन्। थोकमा भने एक सयवटा पाला २५० रुपैयाँसम्ममा बिक्री भइरहेको प्रजापतिहरूले बताएका छन्।

लक्ष्मीपूजाको साँझ घरघरमा माटाका पाला बालेर दीपावली गर्ने प्रचलन रहेकाले तिहारमा पालाको माग बढी हुने गरेको उनीहरूको भनाइ छ। पोटरी स्क्वायरमा उत्पादित पाला काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा पुग्ने गरेका छन्।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम...

#भक्तपुर
Compare →

Related Stories

National (Nepal)
Build #2611