Trending
Prev Story
Next Story

कृषि विकास बैंकको नाफा १९ गुणा पुग्दा वितरणयोग्य नाफा ६८ प्रतिशत घट्यो

Bizshala •
November 01, 2026 • 08:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ । कृषि विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य बढेको छ। शुल्क तथा कमिसन आम्दानीमा...

कृषि विकास बैंकको नाफा १९ गुणा पुग्दा वितरणयोग्य नाफा ६८ प्रतिशत घट्यो

काठमाण्डौ । कृषि विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य बढेको छ। शुल्क तथा कमिसन आम्दानीमा सुधार र सम्भावित नोक्सानीबापतको खर्चमा आएको कमीले नाफा बढेको हो। तर खुद ब्याज आम्दानी घटेको छ भने सञ्चित वितरणयोग्य नाफासमेत खुम्चिएको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा ५७ लाख ३९ हजार रुपैयाँ थियो। यसअनुसार खुद नाफा १ हजार ८०३.४३ प्रतिशतले बढेर अघिल्लो वर्षको करिब १९ गुणा पुगेको छ। नाफा वृद्धिको प्रतिशत उच्च देखिनुमा अघिल्लो वर्षको न्यून नाफाको आधारसमेत कारण हो।

नाफा बढाउन कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्चमा आएको कमीले महत्वपूर्ण सहयोग गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो खर्च १ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ थियो। यसपटक २०.८० प्रतिशतले घटेर १ अर्ब १५ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। यो शीर्षकमा करिब ३० करोड ४४ लाख रुपैयाँ कम खर्च भएको हो।

शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी पनि ५५.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३० करोड ८० लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपटक ४७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। खुद ट्रेडिङ नोक्सानी पनि १६ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। अन्य सञ्चालन आम्दानी ८३.६७ प्रतिशतले बढेर १० करोड २६ लाख रुपैयाँ पुगेको छ।

यी शीर्षकमा भएको सुधारले कुल सञ्चालन आम्दानी ८.८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी भने ३.७२ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ थियो।

आम्दानीका केही स्रोतमा सुधार आए पनि सञ्चालन खर्चको दबाब बढेको छ। बैंकको कर्मचारी खर्च २५.४८ प्रतिशतले बढेर १ अर्ब १७ करोड २४ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च पनि ४२.९१ प्रतिशतले बढेर २९ करोड ८२ लाख रुपैयाँ पुगेको छ। कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र ह्रासकट्टीसमेत जोड्दा कुल सञ्चालन खर्च २५.५६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा रहेको बैंकले यसपटक १५ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

बैंकको कुल सञ्चित वितरणयोग्य नाफा ७८ करोड ८० लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ थियो। यसअनुसार सञ्चित वितरणयोग्य नाफा ६८.२९ प्रतिशतले घटेको छ।

चालु पहिलो त्रैमासको मात्रै वितरणयोग्य नतिजा भने ४७ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ३३ करोड १९ लाख रुपैयाँ थियो। त्रैमासिक वितरणयोग्य घाटा ४२.८५ प्रतिशतले बढेको हो। आर्थिक वर्षको सुरुमा रहेको करिब १ अर्ब २६ करोड २२ लाख रुपैयाँ सञ्चित रकमबाट चालु त्रैमासको घाटा घटाएपछि कुल वितरणयोग्य नाफा ७८ करोड ८० लाख रुपैयाँ बाँकी रहेको छ।

वितरणयोग्य नतिजामा बिमाङ्कीय नोक्सानी तथा अन्य नियामकीय समायोजनको प्रभाव परेको छ। यसको गणनामा बिमाङ्कीय नोक्सानीसम्बन्धी २८ करोड १३ लाख रुपैयाँ, प्राप्य ब्याजसम्बन्धी १३ करोड रुपैयाँ र गैरबैंकिङ सम्पत्तिको नोक्सानी व्यवस्थासम्बन्धी ५ करोड ४९ लाख रुपैयाँ घटाइएको छ। यी समायोजनले खुद नाफा सकारात्मक हुँदा पनि चालु त्रैमासको वितरणयोग्य नतिजा ऋणात्मक बनाएको देखिन्छ।

खुद नाफा बढेसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँबाट बढेर ३.०५ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २३२.५८ रुपैयाँ कायम भएको छ।

कर्जा गुणस्तरमा भने उल्लेख्य परिवर्तन देखिएको छैन। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.७८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपटक ४.७९ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जाको तुलनामा गरिएको कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०९.६६ प्रतिशतबाट घटेर १०२.०५ प्रतिशत कायम भएको छ।

बैंकको कोषको लागत ३.६८ प्रतिशतबाट घटेर २.९५ प्रतिशत र आधारदर ५.४९ प्रतिशतबाट घटेर ४.५९ प्रतिशतमा आएको छ। ब्याजदर अन्तर अर्थात् स्प्रेडदर पनि ३.९२ प्रतिशतबाट खुम्चिएर ३.३७ प्रतिशतमा सीमित भएको छ। यसले स्रोतको लागत घटे पनि मुख्य बैंकिङ आम्दानीमा दबाब कायम रहेको देखाउँछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
17h ago
६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

बैंकको वित्तीय अवस्था कति बलियो छ भन्ने मूल्यांकन खुद नाफा वा निक्षेपको आकारले मात्रै हुँदैन। कर्जा विस्तार, खराब कर्जाको अवस्था,...

#नाफा #खुद #वितरणयोग्य
Compare →
Hamro Patro News
5d ago
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि एसएमई महोत्सव सञ्चालनमा ल्याएको छ। यो विशेष अभि...

#विकास #राष्ट्र-बैंक
Compare →
Nagarik News
3d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Onlinekhabar
1d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#कृषि
Compare →

Related Stories

Business & Economy
Build #2611