Trending
Prev Story
Next Story

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’

Onlinekhabar •
November 01, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि ‘रेडियो कलर’ जडान प्रक्रिया अघि बढाइने भएको छ । राष्ट्रिय निकुञ्ज …

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’

१५ कात्तिक, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि ‘रेडियो कलर’ जडान प्रक्रिया अघि बढाइने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडान कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

जंगली हात्तीको आवतजावत सम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

रेडियो कलरबाट प्राप्त तथ्यांकको नियमित अनुगमन तथा विश्लेषण गरी हात्ती आवागमन र बस्ती प्रवेश गर्न सक्ने सम्भावित जोखिम पूर्वानुमान गर्ने विभागको उद्देश्य छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्यांक नियमित अनुगमन तथा विश्लेषण गरी हात्ती आवागमन र बस्ती प्रवेश गर्न सक्ने सम्भावित जोखिम पूर्वानुमान गर्न सकिने बताए ।

यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् ।

उनले हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमन समेत गरिने जानकारी दिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
शुक्लाफाँटामा दुई दिनदेखि हात्तीको खोजी, रेडियोकलर जडानमा सकस

शुक्लाफाँटामा दुई दिनदेखि हात्तीको खोजी, रेडियोकलर जडानमा सकस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा क्षति पुर्‍याउँदै आएको पुच्छरविहीन हात्तीलाई डार्ट गरेर बेहोस पार्न टोली सफल हुन सकेको छैन।

#हात्ती #निकुञ्ज #शुक्लाफाँटा
Compare →
Nagarik News
2d ago
हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

#हात्ती #शुक्लाफाँटा
Compare →
Hamro Patro News
1d ago
घरमै सुतिरहेकी महिलालाई हात्तीले कुल्चियो!

घरमै सुतिरहेकी महिलालाई हात्तीले कुल्चियो!

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको बस्तीमा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाको मृत्यु भएको छ। हात्तीको बथान बस्तीमा प्रवेश गरी एउटा घरमा समेत क्षति पुर्‍याएको थियो। सोही क्रम...

#हात्ती #शुक्लाफाँटा
Compare →

Related Stories

World News
Build #2611