Trending
Prev Story
Next Story

शुक्लाफाँटामा दुई दिनदेखि हात्तीको खोजी, रेडियोकलर जडानमा सकस

Ekantipur •
November 05, 2026 • 06:31 AM
1
1 reads 0 reactions

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा क्षति पुर्‍याउँदै आएको पुच्छरविहीन हात्तीलाई डार्ट गरेर बेहोस पार्न टोली सफल हुन सकेको छैन।

शुक्लाफाँटामा दुई दिनदेखि हात्तीको खोजी, रेडियोकलर जडानमा सकस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा क्षति पुर्‍याउँदै आएको पुच्छरविहीन हात्तीलाई डार्ट गरेर बेहोस पार्न टोली सफल हुन सकेको छैन।

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पसेर धनजनको क्षति गर्दै आएको जंगली हात्तीको अनुगमनका लागि मंगलबारदेखि रेडियोकलर जडान गर्ने प्रयास भइरहेको छ। प्राविधिकसहितको टोली मंगलबार बिहानैदेखि निकुञ्जको जंगलमा हात्तीको खोजीमा खटिए पनि दुई दिनसम्म रेडियोकलर जडान गर्न सफल भएको छैन। एक/दुई पटक हात्ती देखिए पनि डार्ट गरेर बेहोस पार्न सकिएको छैन।

‘एक/दुई पटक मात्रै देखिएको छ, तर देखिनेबित्तिकै लुक्ने वा हराउने गरेको छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘प्राविधिकसहितको टोलीले राति पनि प्रयास गरिरहेको छ।’ उनका अनुसार मंगलबार बिहान बस्ती नजिकैको पलिया क्षेत्रमा देखिएको हात्ती त्यसपछि निकुञ्जको पिपरैयास्थित हात्तीसार नजिकै देखिएको थियो।

पुच्छर नभएको उक्त जंगली हात्ती बस्तीमा पसेर घर भत्काउनेदेखि बाली नष्ट गर्नेसम्मका गतिविधिमा संलग्न हुँदै आएको छ। गत साता मात्रै हात्तीले मध्यवर्ती क्षेत्रमा पसेर तीन परिवारका घर भत्काएको थियो। गत वर्ष भीमदत्त नगरपालिका–१४ स्थित निकुञ्ज किनारको स्याउले बस्तीमा पनि यही हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो।

पुच्छर नभएको उक्त हात्ती समूहबाट छुट्टिएकाले बस्तीमा पसेर क्षति पुर्‍याइरहेको हुन सक्ने अनुमान गरिएको छ। ‘अपरेसन शुक्ला गजराज’ नाम दिएर रेडियोकलर जडानको काम अघि बढाइएको हो। यसका लागि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल र नेपाली सेनाका ३० जनाभन्दा बढी परिचालन गरिएको छ। निकुञ्जका अन्य हात्तीसमेत परिचालन गरिएको वरिष्ठ संरक्षण अधिकृत अर्यालले बताए।

‘एउटा टोलीले हात्तीमा बसेर खोज्ने र अर्को टोलीले पदचिह्न पछ्याउने काम गरिरहेको छ,’ अर्यालले भने, ‘तर डार्ट गर्न सक्ने गरी देखिएको छैन।’ निरन्तर पछ्याइरहेकाले हात्ती आक्रामकसमेत हुन सक्ने उनको भनाइ छ। त्यसैले सुरक्षित भएर काम गर्नुपर्ने उनले बताए।

रेडियोकलर वन्यजन्तुको घाँटीमा लगाइने एक किसिमको स्याटेलाइट उपकरण हो। यसलाई जीपीएस कलर वा स्याटेलाइट कलर पनि भनिन्छ। पट्टामा जडान गरेर वन्यजन्तुको घाँटीमा लगाइने यो उपकरणले वन्यजन्तुको गतिविधि र आवतजावतसम्बन्धी सूचना पूर्वनिर्धारित इमेलमा पठाउँछ। ‘वन्यजन्तुको मुभमेन्ट हुनेबित्तिकै इमेलमा सूचना आउँछ। त्यसकै आधारमा वन्यजन्तु कुन क्षेत्रमा पुगेको छ भन्ने जानकारी पाउन सकिन्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यदि बस्ती नजिकै पुग्न लाग्यो भने समुदायलाई पूर्वसूचना दिएर क्षति न्यूनीकरण गर्न सकिन्छ। त्यसैअनुसार बस्तीमा पस्नबाट रोक्न प्राविधिकसमेत परिचालन गर्न सकिन्छ।’

स्याटेलाइटसँग सम्पर्क हुने भएकाले वन्यजन्तु जति टाढा पुगे पनि त्यसको अवस्थाबारे सूचना प्राप्त भइरहन्छ। शुक्लाफाँटामा यसअघि पनि गैँडाको अनुगमनका लागि रेडियोकलर जडान गरिएको थियो। तर वन्यजन्तुको घाँटीबाट खस्ने वा ब्याट्री बिग्रिन सक्ने भएकाले यसले लामो समयसम्म काम गर्दैन। सामान्यतया डेढदेखि दुई वर्षसम्म यसले काम गर्छ।

कुनै पनि वन्यजन्तुमा रेडियोकलर जडान गर्नुअघि त्यसलाई डार्ट गरेर बेहोस पारिन्छ। यसका लागि बेहोस बनाउने औषधि भरिएको सुई डार्ट गनमा राखिन्छ। वन्यजन्तु देखिनेबित्तिकै तालिमप्राप्त प्राविधिकले उक्त सुई प्रहार गर्छन्।

डार्ट प्रहार भएको केही समयपछि वन्यजन्तु बेहोस हुन्छ। त्यसपछि त्यसको घाँटीमा रेडियोकलर लगाइन्छ। रेडियोकलर जडानपछि सुईमार्फत नै होसमा ल्याउने औषधि दिएर वन्यजन्तुलाई छाडिन्छ। अहिले पनि डार्ट गनसहितका प्राविधिक र अन्य टोली हात्तीको खोजीमा खटिएका छन्। हात्ती देखिनेबित्तिकै डार्ट गरेर बेहोस पार्ने र रेडियोकलर जडान गर्ने तयारी छ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’

१५ कात्तिक, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि ‘रेडियो कलर’ जडान प्रक्रिया अघि बढाइने भएको छ । राष्ट्रिय निकुञ्ज …

#हात्ती #शुक्लाफाँटा #निकुञ्ज
Compare →
Nagarik News
1w ago
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो।

#हात्ती #शुक्लाफाँटा #निकुञ्ज
Compare →
Hamro Patro News
1w ago
पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थ...

#निकुञ्ज #जडान #हात्ती
Compare →

Related Stories

World News
Build #2611