Trending
Prev Story
Next Story

‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार

Onlinekhabar •
November 01, 2026 • 06:31 AM
1
1 reads 0 reactions 4 comments

लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ । बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले …

‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार

लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ ।

बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो ।

निर्णायक मण्डलले पुस्तकले दलित अध्ययन र नेपाल अध्ययनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै सामाजिक असमानता र श्रेणीगत संरचनासम्बन्धी समाजशास्त्रीय तथा मानवशास्त्रीय बहसलाई समृद्ध बनाएको ठहर गरेको छ ।

पुस्तकमा दलित लेखक तथा अनुसन्धानकर्तासहित विभिन्न विद्वानका अनुसन्धान समेटिएका छन् । यसले नेपालका दलित समुदायको समकालीन अवस्था, उनीहरूले भोगिरहेका सामाजिक चुनौती तथा समाजमा विद्यमान असमानताका विविध पक्षलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको छ ।

रोयल एसियाटिक सोसाइटीका अनुसार यो पुस्तक शैक्षिक अनुसन्धानकर्ता, नीतिनिर्माता, राजनीतिक नेतृत्व तथा नेपालको सामाजिक अवस्थाबारे चासो राख्ने पाठकका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्नेछ ।

निर्णायक मण्डलले पुस्तकका सम्पादक गेल्नर र अधिकारीको योगदानको प्रशंसा गर्दै यसमा लेख तथा अध्ययन समावेश गर्ने अन्य अनुसन्धानकर्ताको भूमिकालाई पनि उच्च मूल्यांकन गरेको छ ।

पुस्तकमा अर्जुन बहादुर, तिलक विश्वकर्मा, स्टिभ फोल्मार, रक्षा राम हरिजन, समृद्धि खरेल, रामप्रसाद मैनाली, पूर्ण नेपाली, जोआना फाफ-जारनेका, कृष्ण श्रेष्ठ, मनोज सुजी र रमेश सुनामलगायतका अनुसन्धानकर्ताका लेख तथा अध्ययन समेटिएका छन् ।

पुस्तक नेपालमै बज्र बुक्सबाट प्रकाशित भएको उल्लेख गर्दै निर्णायक मण्डलले नेपाली पाठकमाझ यसको पहुँच विस्तार गर्न प्रकाशन संस्थाले खेलेको भूमिकाको समेत प्रशंसा गरेको छ ।

प्रोफेसर डेभिड गेल्नर अक्सफोर्ड विश्वविद्यालयका सामाजिक मानवशास्त्रका इमेरिटस प्राध्यापक हुन् । सन् १९७५ मा पहिलोपटक नेपाल आएका उनले चार दशकभन्दा बढी समयदेखि नेपालको धर्म, समाज र संस्कृतिबारे अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् ।

त्यस्तै, डा. कृष्ण अधिकारी अक्सफोर्ड विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल एन्ड कल्चरल एन्थ्रोपोलोजीसँग आबद्ध अनुसन्धानकर्ता हुन् । उनले जात, वर्ग र संस्कृतिका साथै दलित समुदायको गरिमासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको नेतृत्व गरेका छन् । उनी बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज यूकेका संस्थापकसमेत हुन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

नेपालसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०२२ मा स्थापित यस पुरस्कारले नेपाल अध्ययनका क्षेत्रमा योगदान पुर्‍याउने अनुसन्धानकर्ता तथा लेखकलाई सम्मान गर्दै आएको छ ।

गत वर्ष उक्त पुरस्कार बेलफास्टस्थित क्विन्स विश्वविद्यालयको स्कुल अफ लका वरिष्ठ प्राध्यापक डा. प्रत्युष नाथ उप्रेतीलाई प्रदान गरिएको थियो । बासमती चामलको बौद्धिक सम्पत्तिसम्बन्धी अनुसन्धानका लागि उनलाई उक्त पुरस्कार दिइएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
प्रा. सूर्य सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स् दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान

प्रा. सूर्य सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स् दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान

काठमाडौं : नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न स्थापना गरिएको प्रतिष्ठित ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान ...

#पुस्तक #दलित्स #ट्रान्जिसन
Compare →
Ekantipur
5d ago
सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक हिरालाल केसीले बताए।

#पुस्तक
Compare →

Related Stories

National (Nepal)
Build #2611