Trending
Prev Story
Next Story

स्याङ्जामा ३ महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

Onlinekhabar •
November 01, 2026 • 06:30 AM
1
1 reads 0 reactions

१५ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । गत साउनदेखि असोजसम्म जिल्लामा विभिन्न प्रकारका तीन …

स्याङ्जामा ३ महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

१५ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

गत साउनदेखि असोजसम्म जिल्लामा विभिन्न प्रकारका तीन हजार १८ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारबाहीमा परेका सवारीसाधनबाट कुल २८ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको हो । सबैभन्दा बढी जीप, कार तथा भ्यानमाथि कारबाही गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार तीन महिनाको अवधिमा ९१७ वटा जीप, कार तथा भ्यान कारबाहीमा परेका छन् । ती सवारीसाधनबाट नौ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, ९०९ वटा मोटरसाइकल तथा स्कुटरमाथि कारबाही गर्दा आठ लाख ४९ हजार पाँच सय रुपैयाँ संकलन भएको छ । ३८२ वटा बसबाट तीन लाख १३ हजार पाँच सय, ३३५ वटा ट्रकबाट दुई लाख ९५ हजार, २५८ वटा अन्य सवारीसाधनबाट दुई लाख छ हजार र २१७ वटा ट्र्याक्टरबाट एक लाख ७२ हजार रुपैयाँ राजस्व उठेको शाहीले जानकारी दिए ।

शाहीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्नुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

उनले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकले सवारीको गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग र सडक अनुशासनमा विशेष ध्यान दिनुपर्ने बताए । सवारीसाधनको नियमित जाँच गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ ।

यसैबीच, स्याङ्जामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर र २१ जना सामान्य घाइते भएका छन् ।

ट्राफिक प्रहरी प्रमुख शाहीले दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न चालक, यात्रु तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

• काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालकलाई एकै दिन कारबाही गरिएको छ। • कारबाहीमा मादक पदार्थ सेवन, ट्राफिक बत्तीको उल्लङ्घन, तीव्रगति, र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने…

#कारबाही #ट्राफिक
Compare →
Nagarik News
1w ago
सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

#राजस्व #संकलन
Compare →
Ekantipur
5d ago
गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

#ट्राफिक
Compare →
Bizshala
1w ago
१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

–रविन ठकुरी काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा...

#राजस्व
Compare →

Related Stories

Business & Economy
Build #2612