Trending
Prev Story
Next Story

टीएमसएमा भएको समस्याका विषयमा सेबोन र अर्थमन्त्रीले तुरुन्तै एक्सन लिनु पर्छ - छोटेलाल रौनियार

Arthasansar •
October 13, 2026 • 06:22:05 PM
1
1 reads 0 reactions

लगानीकर्ता छोटेलाल रौनियारले सोमबार नेप्सेको टीएसमएमा भएको समस्याका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थमन्त्रीले तत्काल एक्सन लिनु पर्ने बताएका...

टीएमसएमा भएको समस्याका विषयमा सेबोन र अर्थमन्त्रीले तुरुन्तै एक्सन लिनु पर्छ - छोटेलाल रौनियार

लगानीकर्ता छोटेलाल रौनियारले सोमबार नेप्सेको टीएसमएमा भएको समस्याका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थमन्त्रीले तत्काल एक्सन लिनु पर्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले यो विषय निकै सम्बेदनशील भएकाले सरोकारवाल निकायले चासोका साथ हेर्नु पर्ने बाएका हुन् ।

टीएमएसमा आएको समस्याले अन्तराष्ट्रिय रुपमा पनि यसको नकारात्मक सन्देश जाने उनको भनाइ छ । डाटा सुरक्षित रहेको भन्ने कुरा आएको भन्दै लगानीकर्ताको लगानी डुब्यो भने जबाफदेही को हुने ? उनको प्रश्न थियो । यो अहिलेको समस्या लोकल भेण्डरले निर्माण गरेको सिस्टम प्रयोग गरिएकाले आएको उनको भनाइ छ । ‘यत्रो लगानीकर्ताको लगानीको विषयमा गम्भीर बन्नु पर्छ । कमजोरी कसको हो कारबाही हुनु पर्छ । भोलि फेरि लगानीकर्ताको रकम डुब्यो भने यसको जिम्मेवार को हुन्छ ?’ उनले भने ।

समय समयमा यस्तो कुरा आउँदा पनि सम्बन्धीत निकायले ध्यान नदिएको रौनियारले बताए । अहिले नेपालमा दुइ थरि टीएमएस सञ्चालन भइरहेको भन्दै त्यसमा पनि ध्यान दिनु पर्ने उनको भनाइ छ । ‘अहिले समस्या ७२ वटा ब्रोकरमा आएको भनिएको छ । बाँकीले आफ्नै लगानीमा गरेकाले समस्या नआएको होला । ब्रोकरले आफैले ल्याएको टीएमएसमा नेप्सेको भन्दा छिटो सेटलमेन्ट हुने गरेको छ,’ उनले भने । सबै लगानीकर्तालाई एकरुपता कायम गर्न तर्फ ध्यान दिन पनि उनले सुझाब दिए ।

अन्तराष्ट्रिय स्तरको प्रविधिको टीएमएस ल्याउनु पर्ने उनको भनाइ छ । अहिले हाम्रो टीएमएसमा भएको विवरण अरुले हेर्न मिल्ने खालको रहेकाले सुरक्षित नरहेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
टाइम १०० क्लाइमेट सूचीमा अर्थमन्त्री परेपछि न्यौपानेकाे माग: एलाइ फाइनान्ससँगको सम्बन्ध छानबिन गर्नुपर्छ

टाइम १०० क्लाइमेट सूचीमा अर्थमन्त्री परेपछि न्यौपानेकाे माग: एलाइ फाइनान्ससँगको सम्बन्ध छानबिन गर्नुपर्छ

काठमाडौं । अर्थविद् गोपिलाल न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम अमेरिकी वित्तीय कम्पनी एलाइ फाइनान्सको प्रायोजनमा टाइम म्यागेजिनमा प्रकाशित भएको विषय उठाउँदै उक्त कम्पनी र अर्थमन्त्री...

#अर्थमन्त्री #पर्छ
Compare →
Nagarik News
2d ago
इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।

#अर्थमन्त्री
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#अर्थमन्त्री
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री
Compare →
Bizshala
15h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →

Related Stories

Business & Economy
Build #2611