Trending
Prev Story
Next Story

कृषि समितिको बैठक — अडियो काण्डदेखि मल वितरणको बेथितिमा सांसदहरूले मागे स्पष्टीकरण

Arthasansar •
October 13, 2026 • 06:22:04 PM
1
1 reads 0 reactions

संघीय संसद्अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा रासायनिक मलको अभाव, वितरण प्रणालीको बेथिति र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो...

कृषि समितिको बैठक — अडियो काण्डदेखि मल वितरणको बेथितिमा सांसदहरूले मागे स्पष्टीकरण

संघीय संसद्अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा रासायनिक मलको अभाव, वितरण प्रणालीको बेथिति र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणले मुख्य प्रवेश पाएको छ। बैठकमा सांसदहरूले मन्त्रालयको ६ महिने कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाउँदै किसानले मल नपाउने तर कागजी तथ्याङ्कमा पर्याप्त देखिने विरोधाभासपूर्ण अवस्थाको जवाफ मागेका छन्।

बैठकमा सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको अत्यधिक सक्रियताका कारण कामकारबाहीमा ढिलासुस्ती भएको औँल्याउँदै टेन्डर प्रक्रियाको ढिलाइ र वितरण प्रणालीको चुहावट रोक्न सचेत गराए। त्यस्तै, सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमलगायतका जिल्लामा किसानले भोगिरहेका सास्ती, कृषि उपजको बजारीकरण, जलवायु परिवर्तनको असर र नार्कको प्रविधि खेतसम्म नपुगेको भन्दै १३ बुँदे लिखित जवाफ मागेका छन्।

यसैगरी, सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले मन्त्रालय जोडिएको हालैको भाइरल अडियो प्रकरणमा स्पष्टीकरण माग गर्दै नार्कको कार्यकारी निर्देशकमा विवादित व्यक्तिको पुनः नियुक्तिमाथि प्रश्न उठाए। सांसद सुरेशकुमार चौधरीले भूउपयोग नीति र सिँचाइको स्पष्ट खाका नहुँदा कृषि क्षेत्र खुम्चिएको चिन्ता व्यक्त गर्दै अर्गानिक मलको प्रभावकारी कार्यान्वयन र रासायनिक मलको निर्भरता हटाउन जोड दिए। अर्कोतर्फ, सांसद सागर ढकालले समिति सानातिना विषयमा अल्झिनुभन्दा नीतिगत तहमा काम गर्दै दीर्घकालीन कृषि सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
वीरगन्जमा  छठ पूजा गर्ने ३ सय ५० जना महिलालाई साडी वितरण

वीरगन्जमा छठ पूजा गर्ने ३ सय ५० जना महिलालाई साडी वितरण

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ पर्व मनाउने महिलाहरूलाई नयाँ साडी वितरण गरिएको छ। पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेयलफेयर सोसाइटीले छठ पर्वमा व्रत गर्ने महिलाहरूला...

#वितरण
Compare →
Onlinekhabar
1d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#कृषि
Compare →
Nagarik News
1w ago
राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग

राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग

सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे छलफल गर्नुपर्ने भन्दै समितिमा रहेका कांग्रेसका चार सांसदले सभापति हरि ढकाललाई पत्र पठाएका हुन्।

#समितिको
Compare →

Related Stories

Business & Economy
Build #2611