वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ पर्व मनाउने महिलाहरूलाई नयाँ साडी वितरण गरिएको छ। पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेयलफेयर सोसाइटीले छठ पर्वमा व्रत गर्ने महिलाहरूलाई बिहीबार साडी वितरण गरेको हो।
आर्थिक रूपमा विपन्न, दलित तथा अन्य समुदायका ३ सय ५० जना महिलालाई जनही एक-एक थान साडी र छठ पूजाको प्रसाद बनाउनका लागि दुई-दुई किलो गहुँको पीठो वितरण गरिएको रुंगटा वेयलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटाले बताए। छठ पर्व केवल धार्मिक आस्थाको विषय मात्र नभई मानवीय सहयोग र सहानुभूतिको पनि पर्व भएको भन्दै उनले आर्थिक रूपमा कमजोर भएका समुदायका महिलाहरूसँग यो पर्वको खुसी बाँड्न पाउनु आफूहरूका लागि गर्वको कुरा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )