Trending
Prev Story
Next Story

‘ठूला लगानीकर्ता भाग्दैछन्’ भन्ने हल्लाले बजार बिग्रिन्छ : सेयरधनी संघ

Arthasansar •
October 13, 2026 • 06:22:04 PM
1
1 reads 0 reactions

नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना दिनुपर्ने व्यवस्थामा...

‘ठूला लगानीकर्ता भाग्दैछन्’ भन्ने हल्लाले बजार बिग्रिन्छ : सेयरधनी संघ

नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना दिनुपर्ने व्यवस्थामा संशोधन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग माग गरेको छ।

संघले २०८३ असोज १८ गते जारी गरेको विज्ञप्तिमार्फत २०८३ भदौ ९ गते सेबोनले जारी गरेको पत्रको बुँदा नम्बर १ मा रहेको व्यवस्थाप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो। उक्त व्यवस्थाअनुसार सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।

संघले सेयर बिक्रीसम्बन्धी गतिविधिमा पारदर्शिता आवश्यक रहेको सिद्धान्तसँग आफू सहमत रहेको जनाएको छ। तर दोस्रो बजारबाट सेयर खरिद गरी आधारभूत सेयरधनी बनेका लगानीकर्तालाई समेत यही व्यवस्था लागू गर्दा साना लगानीकर्ता र समग्र बजारमा अनावश्यक असर पर्न सक्ने संघको दाबी छ।

संघका अनुसार ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि सार्वजनिक सूचना दिँदा बजारमा बिक्रीको हल्ला फैलिन सक्ने र त्यसले लगानीकर्ताको मनोविज्ञानमा असर पार्न सक्छ। "ठूला लगानीकर्ता भाग्दैछन्" भन्ने धारणा बनेमा राम्रो वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्यसमेत हल्लाकै आधारमा घट्न सक्ने र त्यसको प्रत्यक्ष असर साना लगानीकर्तामा पर्ने संघको भनाइ छ।

संघले बजारमा संस्थागत पारदर्शिता बढाउनुपर्ने भए पनि त्यसको सुरुवात ठूलो परिमाणमा सेयर बिक्री गर्ने संस्थागत तथा प्रमोटर लगानीकर्ताबाट हुनुपर्ने धारणा राखेको छ। बजारमा ठूलो आपूर्ति आउन सक्ने अवस्थालाई व्यवस्थापन गर्न संस्थागत लगानीकर्ताको सेयर बिक्रीलाई पारदर्शी र पूर्वसूचनामा आधारित बनाउनुपर्ने संघको माग छ।

संघले सेबोनसँग २०८३ भदौ ९ गतेको पत्रको बुँदा नम्बर १ तत्काल संशोधन गर्न माग गरेको छ। दोस्रो बजारबाट सेयर खरिद गरेर आधारभूत सेयरधनी बनेका सेयरधनीको हकमा १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने व्यवस्था लागू नहुने विषय स्पष्ट पार्न संघले आग्रह गरेको छ।

त्यसैगरी संस्थागत लगानीकर्ताका हकमा भने पूर्वसूचनाको व्यवस्था कायम राख्नुपर्ने संघको माग छ। संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्ने निर्णय गरेको १५ दिनअघि सेबोन र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पूर्वसूचना पेश गर्नुपर्ने व्यवस्था गर्नुपर्ने संघले जनाएको छ।

बजारमा एकैपटक ठूलो परिमाणमा सेयर आपूर्ति नआओस् भन्ने उद्देश्यले ठूलो सेयर बिक्रीलाई चरणबद्ध गर्ने सीमा तोक्नसमेत संघले माग गरेको छ।

नेपाल सेयरधनी संघका महासचिव सुरज खड्काद्वारा जारी विज्ञप्तिमा पुँजी बजार संरक्षण र साना लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर नियम संशोधन गर्न सेबोनसँग आग्रह गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

२३ कात्तिक, काठमाडौं । संविधानत : नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको एक दशकभन्दा बढी भइसकेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’को नारा लगाउँदै संविधान निर्माताले राज्यशक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडे । तर यसको व्यवहारिक …

#संघ
Compare →
Hamro Patro News
1w ago
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने

४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने

काठमाडौं - नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । केसीका जायज मागहरू ४८ घण्टाभित्र सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम ...

#संघ
Compare →
Nagarik News
1w ago
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

#संघ
Compare →

Related Stories

Business & Economy
Build #2611