Trending
Prev Story
Next Story

इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

Nagarik News •
November 11, 2026 • 11:17 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।

इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो निजी निवास छाडेका छन्।

सुरक्षाको जोखिम बढेपछि उनी वासिङ्टन क्षेत्रस्थित घरबाट अमेरिकी सैन्य बेसमा सरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।

उनले गत अगस्टदेखि 'अपरेसन इकोनोमिक आउटकास्ट' नामक अभियानमार्फत इरानको वित्तीय स्रोत सीमित पार्ने र आर्थिक गतिविधि कमजोर बनाउने रणनीति अघि बढाइरहेका छन्। यस अभियानअन्तर्गत इरानसँग कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने र व्यापारिक गतिविधिमा नियन्त्रण गर्ने काम भइरहेको छ।

यही भूमिकाका कारण बेसेन्ट इरानको सम्भावित निशानामा परेको अमेरिकी अधिकारीहरूको आकलन छ।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख जे क्लेटनले गत महिना इरानले मध्यपूर्वसहित अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिक तथा अधिकारीलाई लक्षित गर्ने प्रयास उल्लेख्य रूपमा बढाएको चेतावनी दिएका थिए।

अमेरिकी अधिकारीहरूले वर्तमान तथा पूर्वअमेरिकी अधिकारीलाई लक्षित गर्ने इरानी योजनाबारे गम्भीर चासो व्यक्त गरेका छन्। यस्ता योजना थप उन्नत चरणमा पुगेको र त्यसमा बेसेन्टलाई लक्षित गरिएको सम्भावित गतिविधि पनि समावेश रहेको बताइएको छ।

यसअघि बेसेन्टको वासिङ्टनस्थित घरको हवाई तस्बिर सार्वजनिक भएपछि उनको सुरक्षा जोखिम थप बढेको बताइएको छ। उक्त तस्बिरका आधारमा उनको घरको वास्तविक स्थान पहिचान गर्न सकिने अवस्था बनेको थियो। त्यसपछि सुरक्षाका कारण उनलाई सैन्य बेसमा सारिएको हो।

यद्यपि, बेसेन्टमाथि रहेको धम्कीको वास्तविक गम्भीरताबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। अमेरिकी अधिकारीहरूले इरानको विदेशमा ठूलो स्तरको आक्रमण गर्ने क्षमता सीमित रहेको पनि आकलन गरेका छन्। इरानले अमेरिकी भूमिमा अधिकारी तथा नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको आरोप अस्वीकार गर्दै आएको छ।

यस घटनापछि अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले बेसेन्ट इरानी सरकारको धम्कीबाट विचलित नहुने बताएका छन्। उनले इरानको अर्थतन्त्रमाथि दबाब बढाउने अभियान र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, इरानसँग सम्बन्धित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना कूटनीतिक तथा सैन्य संरचनाको सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ।

गत महिना साउदी अरेबियास्थित अमेरिकी दूतावासका अत्यावश्यकबाहेकका कर्मचारी तथा उनीहरूका परिवारलाई सुरक्षा कारण देश छाड्न निर्देशन दिइएको थियो। त्यस्तै, इरानबाट सम्भावित खतरा देखिएपछि बेलायतस्थित अमेरिकी सैन्य बेसबाट केही विमान अन्यत्र सारिएको थियो।

अर्कोतर्फ, मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास भइरहेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार आर्थिक प्रतिबन्ध र अन्य दबाबका उपाय प्रभावकारी भइरहेकाले इरानमाथि पुनः ठूलो सैन्य कारबाही आवश्यक नपर्न सक्ने बताएका छन्।

इरानमाथि आर्थिक दबाब बढाउने अभियानको नेतृत्व गरिरहेका अमेरिकी अर्थमन्त्री नै सुरक्षाका कारण घर छाडेर सैन्य बेसमा बस्नुपर्ने अवस्था आउनुले अमेरिका र इरानबीचको तनावलाई थप चर्चामा ल्याएको छ। एजेन्सी

प्रकाशित: २५ कार्तिक २०८३ १७:०२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक ग...

#अमेरिकी #इरान
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #इरान
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#अमेरिकी #इरान
Compare →
Onlinekhabar
13h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#इरान
Compare →
Bizshala
15h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

World News
Build #2611