Trending
Prev Story
Next Story

एनपीएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सको खेल

Ekantipur •
October 31, 2026 • 05:31 PM
2
2 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको आज रातिको खेलका झलक ।

एनपीएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको आज रातिको खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ९:२० बजे सुरु भएको खेलमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ५ ओभरमा २ विकेट गुमाई १ सय ५ रन बनाएको थियो ।सुदूरपश्चिम रोयल्सका थारिन्दु रत्नायकेको पहिलो ओभरमा विराटनगर किंग्सले ३५ रन प्रहार गरेको थियो, जसमा सेहन जयसूर्याले ५ छक्का प्रहार गरेका थिए भने एउटा बाई चौका रहेको थियो । जयसूर्या ११ बलमा ३९ रन बनाई आउट भए । सो क्रममा उनले ५ छक्का र २ चौका प्रहार गरे । उनलाई अविनाश बोहराले एलबीडब्लू आउट गरे ।

अर्का ओपनर लोकेश बम १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भए । अविजित रहेका एन्ड्रे रसेलले १० बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाए । सुदूरपश्चिमबाट दुवै विकेट अविनाशले लिए ।जवाफमा आएको सुदूरपश्चिमले ३ विकेट गुमाई ७० रनमात्र बनाउन सक्यो । आरिफ शेख ८ बल खेली २ छक्का प्रहार गरी १७ र स्कट कुग्लेन ६ बल खेली १ चौका र ४ छक्का प्रहार गरी २८ रनमा अविजित रहे ।सेरफन रदरफोर्ड पहिलो बलमै रसेलद्वारा इनसाइड एज लागेर बोल्ड भए । कप्तान दीपेन्द्रसिंह ऐरी ५ बलमा १ रन बनाई आउट भए । सैफ जैबले १७ रन जोडे । रुपेश सिंहको बलमा उनी रसेलबाट रनिङ क्याच हुनुअघि १० बल खेलेर २ छक्का प्रहार गरेका थिए । विराटनगरबाट रसेल, एन्जेलो म्याथ्युज र रुपेश सिंहले १–१ विकेट लिए ।विराटनगरले तेस्रो खेलमा पहिलो विजय हात पारेको हो । पछिल्ला दुई सिजनको उपविजेता सुदूरपश्चिमको पनि ३ खेलमा २ हार र १ जित रहेको छ ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । शुक्रबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुर...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Nagarik News
13h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
13h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
13h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612