Trending
Prev Story
Next Story

त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

Nagarik News •
October 31, 2026 • 03:53 PM
1
1 reads 0 reactions

त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।

त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।

उदयपुरको थरुहट रंगशालामा शनिबार भएको खेलमा गाईघाटका अर्जुन रानाले २८औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको अन्तिम समयमा सहलेशका विज्ञान खड्का र आदित्य शाक्यले लगातार गोल गर्दै टोलीलाई जित दिलाए। खड्काले ७२औँ मिनेटमा हेडमार्फत बराबरी गोल गरे भने त्यसको छ मिनेटपछि शाक्यले निर्णायक गोल गरे।

खेलको म्यान अफ दी म्याच सहलेशका दोर्जे तामाङ घोषित भए। उनले नगद सात हजार पाँच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको दोस्रो दिन आइतबार न्यु स्टार क्लब सुनसरी र चित्लाङ एफसी काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा भारतको जर्जियन युथ क्लबसहित विभिन्न टोली सहभागी छन्।

प्रकाशित: १४ कार्तिक २०८३ २१:३८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

उदयपुरमा सम्पन्न त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता ०८३ को उपाधि पाहुना टिम भारतको जर्जियन फुटबल क्लबले जितेको छ। कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ ...

#फुटबल #त्रियुगा #गोल्डकप
Compare →
Ekantipur
1w ago
संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब

संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

#गोल #क्लब #गोल्डकप
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#फुटबल #गोल
Compare →

Related Stories

Sports
Build #2611