Trending
Prev Story
Next Story

संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब

Ekantipur •
November 05, 2026 • 12:01 PM
1
1 reads 0 reactions

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

संखुवासभा — संखुवासभाको खाँदबारीमा जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सेकाहा सामुदायिक क्लब प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाका विनोद राईले खेलको १३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै १७औं मिनेटमा सविन राईले गोल थप्दै सेकाहाको अग्रता दोब्बर बनाए।

दुई गोलले पछि परेको लोहरुङ क्लब पांमाले खेलमा फर्किने प्रयास गरे पनि ७७औं मिनेटमा मिलन राईले एक गोल फर्काए। तर, खेलको ८०औं मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेकाहाको जित सुनिश्चित गरे।

खेलको अन्तिम समयमा लोहरुङ क्लबका गोलरक्षक प्रमिज गच्छदारले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट निष्कासन गरेका थिए ।

जितसँगै सेकाहा सामुदायिक क्लबले उपाधिका लागि सुनसरीको न्यू स्टार क्लबसँगको भेट पक्का गरेको छ।

शुक्रबार दिउँसो हुने फाइनल खेलमा दुवै टोली उपाधिका लागि भिड्नेछन्।

सेकाहाले सेमिफाइनल प्रवेश गर्ने क्रममा सिरहाको सलहेश युवा क्लबलाई पराजित गरेको थियो भने लोहरुङ क्लब पांमाले झापा–११ लाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

विभिन्न जिल्लाका आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्न…

#सेकाहा #फाइनल #क्लब
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।

#फाइनल #क्लब #गोल्डकप
Compare →
Onlinekhabar
1w ago
च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति …

#क्लब #गोल
Compare →

Related Stories

Sports
Build #2611