Trending
Prev Story
Next Story

टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, विराटनगरले पहिले ब्याटिङ गर्ने

Arthasansar •
October 31, 2026 • 03:35 PM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुने भएको छ। वर्षाका कारण लामो समय रोकिएको...

टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, विराटनगरले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुने भएको छ। वर्षाका कारण लामो समय रोकिएको खेल ५ ओभरमा सीमित गरिएको छ।

खेलका लागि भएको टसमा सुदूरपश्चिम रोयल्सले बाजी मारेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै विराटनगर किंग्सले ब्याटिङ गर्ने भएको छ।

यसअघि वर्षाका कारण मैदान भिजेपछि खेल सञ्चालन गर्ने विषयमा दुवै टोलीबीच मतभेद भएको थियो। अम्पायरले ५–५ ओभरको खेल गराउने निर्णय गरे पनि सुदूरपश्चिमले भिजेको आउटफिल्डमा खेल्न असहमति जनाएको थियो।

विषयमा दुवै टोलीका प्रतिनिधि, कप्तान, प्रशिक्षक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच छलफल भएको थियो। लामो छलफलपछि खेल सञ्चालन गर्ने सहमति जुटेको हो।

अब दुवै टोलीबीच ५ ओभरको छोटो प्रतिस्पर्धा हुनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमान्डू गोर्खाज्लाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअपमा पुगेको हो । यसअघि ...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
12h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612