Trending
Prev Story
Next Story

विवादपछि सुदूरपश्चिम र विराटनगरबीच ५ ओभरको खेल हुने, राति ९ बजे टस

Arthasansar •
October 31, 2026 • 03:35 PM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः हुने भएको छ। वर्षाका कारण प्रभावित खेल सञ्चालन...

विवादपछि सुदूरपश्चिम र विराटनगरबीच ५ ओभरको खेल हुने, राति ९ बजे टस

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः हुने भएको छ। वर्षाका कारण प्रभावित खेल सञ्चालन गर्ने विषयमा दुई टोलीबीच मतभेद देखिए पनि छलफलपछि ५ ओभरको खेल खेलाउने सहमति भएको हो।

यसअघि अम्पायरले दुवै टोलीबीच ५–५ ओभरको खेल गराउने निर्णय गर्दै साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने समय निर्धारण गरेका थिए। तर, भिजेको आउटफिल्डमा खेल्न सुरक्षित नहुने भन्दै सुदूरपश्चिम रोयल्सले उक्त निर्णयप्रति असहमति जनाएको थियो।

विषयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच छलफल भएको थियो। विवादका क्रममा दीपेन्द्रसिंह ऐरीसहित सुदूरपश्चिमका खेलाडी मैदानबाट बाहिरिएका थिए भने विराटनगरका खेलाडी मैदानमै रहेका थिए।

लामो छलफलपछि खेल सञ्चालन गर्ने सहमति जुटेको हो। नयाँ तालिकाअनुसार राति ९ बजे टस हुनेछ भने दुवै टोलीले ५–५ ओभरको खेल खेल्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
12h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612