Trending
Prev Story
Next Story

बाराको फेटामा अस्पताल उद्घाटनको विषयमा झडप, गोली चल्दा एक घाइते

Ekantipur •
October 31, 2026 • 08:02 AM
1
1 reads 0 reactions

फेटा गाउँपालिका–३ मा १५ शय्याको अस्पताल उद्घाटनलाई लिएर झडप हुँदा लाठीचार्ज र गोली चलेको स्थानीयको आरोप छ भने प्रहरीले पुष्टि गरेको छैन।

बाराको फेटामा अस्पताल उद्घाटनको विषयमा झडप, गोली चल्दा एक घाइते

फेटा गाउँपालिका–३ मा १५ शय्याको अस्पताल उद्घाटनलाई लिएर झडप हुँदा लाठीचार्ज र गोली चलेको स्थानीयको आरोप छ भने प्रहरीले पुष्टि गरेको छैन।

बारा — बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल भवन उद्घाटन गर्ने विषयमा शनिबार दुई पक्षबीच तनाव हुँदा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको लाठीचार्जले स्थानीय ५५ वर्षीय लालबाबू साहको टाउकोमा चोट लागेको छ । उनीसहित कयौँ घाइते भएका छन् ।

पूर्ववडाध्यक्ष जयप्रकाश दासका अनुसार उद्घाटनका लागि टेन्ट बनाउने फेटा–३ का १८ वर्षीय धर्मेन्द्र पासवानका छोरा आदित्यको पेटमा गोली लागेको छ । घाइते उनलाई वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि लगिएको छ । तर प्रहरीले भने गोली कसलाई लागेको र कति गोली चलेको हो भन्ने पुष्टि गरेको छैन । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

नयाँ अस्पताल भवन उद्घाटनका लागि गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले रास्वपाकी नेतृ समीक्षा बास्कोटालाई आमन्त्रण गरेका थिए । उद्घाटन १ बजेका लागि राखिएको थियो । तर पालिका अध्यक्षको उक्त तयारी र अस्पतालमा उपचार सेवा दिन स्रोतसाधन र जनशक्ति नभएकै अवस्थामा हतारमा आफ्नो नाम शिलालेखमा राख्न उद्घाटन गर्न लागेको भन्दै पालिकाका विपक्षी स्थानीयले विरोध गरेपछि दुवै पक्षबीच झडपसहित तनाव भएको पूर्ववडाध्यक्ष दासले बताए ।

शिलालेख फुटाइएको छ । तनाव र झडपका क्रममा स्थानीयका दर्जनभन्दा बढी मोटरसाइकल जलाइएका छन् । टेन्ट तोडफोड गरिएको छ । अस्पतालमा झ्यालढोका फुटाइएको छ ।

घाइते लालबाबु साहका अनुसार पानी परिरहेका बेला पानीबाट जोगिन स्थानीयको भीड अस्पताल भवनमा ओत लाग्न खोज्दा प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । त्यसपछि प्रहरीले गोली चलाएको उनले बताए । घटनास्थलमा सुरक्षा बल परिचालन गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना अपडेट :  १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

भीमफेदी दुर्घटना अपडेट : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पत...

#अस्पताल #घाइते
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको …

#अस्पताल #घाइते
Compare →
Nagarik News
1d ago
काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते

काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते

दुर्घटनामा घाइते भएका २५ जनामध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

#अस्पताल #घाइते
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #घाइते
Compare →
Bizshala
17h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612