Trending
Prev Story
Next Story

पाँच हजार मिटर ‘राइनो दौड’मा मुकेश र सिर्जनालाई सफलता

Ekantipur •
October 31, 2026 • 08:02 AM
1
1 reads 0 reactions

शनिबार सम्पन्न प्रतियोगितामा मुकेशले १६ मिनेट पाँच सेकेन्ड र सिर्जनाले २० मिनेट १९ सेकेन्डमा दूरी पूरा गरे।

पाँच हजार मिटर ‘राइनो दौड’मा मुकेश र सिर्जनालाई सफलता

शनिबार सम्पन्न प्रतियोगितामा मुकेशले १६ मिनेट पाँच सेकेन्ड र सिर्जनाले २० मिनेट १९ सेकेन्डमा दूरी पूरा गरे।

चितवन — नाराययागढमा शनिबार सम्पन्न पाँच हजार मिटरको ‘राइनो दौड’ प्रतियोगितामा मुकेश पाल र सिर्जना पाण्डे विजेता भएका छन् ।

मुकेशले खुला तर्फ उक्त दुरी १६ मिनेट पाँच सेकेन्डमा पार गरे । महिलातर्फ सिर्जनाले २० मिनेट १९ सेकेन्डमा पुरा गरिन् । विजेताले १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । चितवनको पुरानो संस्था राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

खुलातर्फ उमेश थापा दोस्रो र दिशराज लिम्बु तेस्रो भए । थापाले १६ मिनेट १४ सेकेन्ड र लिम्बुले १६ मिनेट १५ सेकेन्डमा उक्त दुरी पार गरेका थिए । महिला तर्फ सरस्वर्ती भट्टराई दोस्रो र हिमाली बुढा तेस्रो भइन् ।

सरस्वतीले २१ मिनेट २५ समेन्ड र हिमालीले २२ मिनेट ३९ सेकेन्ड लगाएर पाँच किलो मिटर पुरा गरेका थिए । दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर लामा तामाङले विजयीहरुलाई पुरस्कार वितरण गरे । सो क्रममा उनले खेलकुदले व्यक्तिलाई स्वास्थ्य राख्नुका साथै समाजलाई पनि सक्रिय बनाउने बताए । ‘व्यक्तिको स्वास्थ्य राम्रो हुने मात्रै हैन खेलकुदले समाजलाई सक्रिय र एकतावद्ध बनाउँछ । आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्दछ,’ मन्त्री लामाले भने ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट जयश्री पुल नजिकबाट सुरु भएको दौड नारायणगढ लिलाचोकमा आएर समापन भएको थियो । २०३६ सालमा स्थापना भएको राइनो क्लबले यसअघि १० पटकसम्म दौड प्रतियोगिता राखेको क्लबका अध्यक्ष पुष्पलाल श्रेष्ठले बताए । कार्यक्रमका संयोजक महेश प्रधानले प्रतियोगितामा देशभरबाट एक सय पुरुष र १९ महिला सहभागी भएको जानकारी दिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
कांग्रेसमाथि लागेको आरोपबारे महामन्त्री पौडेल : भ्रम सिर्जना गर्न खोजियो

कांग्रेसमाथि लागेको आरोपबारे महामन्त्री पौडेल : भ्रम सिर्जना गर्न खोजियो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमाथि विभिन्न प्रकरणमा आरोप जोडेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

#सिर्जना
Compare →
Hamro Patro News
1w ago
विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन

विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई हटायो । प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गर्दै उनको ठाउँमा अतिरिक्त महानिरीक्षक मनोजकुम...

#सिर्जना
Compare →

Related Stories

Sports
Build #2612