Trending
Prev Story
Next Story

पक्राउ परेका पत्रकार भन्छन्- ‘समाचारबारे केरकार गरेर त्रसित पार्न खोजियो’

Ekantipur •
October 31, 2026 • 08:01 AM
1
1 reads 0 reactions

प्रहरीले ‘समाचारको स्रोत खोज्ने उद्देश्य’ राखी विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको विषयको चौतर्फी आलोचना भइरहेको छ ।

1 / 2
Swipe Photos

प्रहरीले ‘समाचारको स्रोत खोज्ने उद्देश्य’ राखी विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको विषयको चौतर्फी आलोचना भइरहेको छ ।

काठमाडौँ — शुक्रबार अपराह्न सादा पोसाकमा पुगेका प्रहरीले नेपाल प्रेस डटकमबाट विश्वमणि सुवेदी, मोटिभेटन्युज डटकमका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई पक्राउ गर्‍यो । नयाँ पत्रिका दैनिकको कार्यालयमा पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन तीन घण्टासम्म प्रहरीले प्रयास गरेको थियो ।

प्रहरीले ‘समाचारको स्रोत खोज्ने उद्देश्य’ राखी विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको विषयको चौतर्फी आलोचना भइरहेको छ । पत्रकारलाई नियन्त्रणमा लिनुको उद्देश्यबारे प्रहरीले स्पष्ट जानकारी दिइसकेको छैन । यद्यपि, बिहान १:४० बजे नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले प्रहरीको आधिकारिक ह्वाट्सएपमा 'प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको' जानकारी दिएका थिए ।

कार्यालयबाटै पक्राउ गरिएका पत्रकारहरूले आफूले लेखेका समाचारबारे केरकार गरिएको बताएका छन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै पत्रकारद्वय धीरज बस्नेत र विश्वमणि सुवेदीले आफूहरूलाई त्रसित पार्न खोजिएको बताए ।

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2612