Trending
Prev Story
Next Story

जातीय विभेदको आरोपमा वडा सदस्य र दुई कर्मचारी पक्राउ

Ekantipur •
October 31, 2026 • 08:01 AM
1
1 reads 0 reactions

पोखरा–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीले भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जातीय विभेदको आरोपमा वडा सदस्य र दुई कर्मचारी पक्राउ

पोखरा–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीले भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पोखरा — पोखरा महानगरपालिका–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोपमा जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् । कार्यालय सहयोगी गंगा विकले दिएको जाहेरीका आधारमा वडा सदस्य  कृष्णहरि काफ्ले, कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विकलाई प्रहरीले पोखरा-१४ बाट पक्राउ गरेको हो ।

भण्डारीले जातकै आधारमा भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै विकले जिल्ला प्रहरी कार्यालय कास्कीमा २२ असोजमा जाहेरी दिएकी थिइन् । कार्यालयको भान्सामा आफूलाई चिया पकाउन, खाना पकाउन र पानी दिने कामसमेत गर्न नदिइएको उल्लेख गरेकी छन् ।

जाहेरीअनुसार भण्डारीले १२ असोजमा ‘गंगा दिदी आजबाट १६ दिन बार्ने भनेका छन् । तपाईंले चिया पकाउने, खाना पकाउने, पानी दिने काम नगर्दिनुहोला । पितृकार्य हो, आजबाट १६ दिनसम्म पानी भान्सा नछोइदिनुहोला’ भनेकी थिइन् ।

विकले आफूलाई यस्तो निर्देशन कसले दिएको हो भनेर सोध्दा कार्यवाहक वडाध्यक्षसमेत रहेका काफ्ले लगायतले भनेको जवाफ पाएको जाहेरीमा उल्लेख गरेकी छन् । आफूले काम गर्ने सार्वजनिक कार्यालयमै जातका आधारमा जिम्मेवारी पूरा गर्न रोक लगाइएको उनको भनाइ छ ।

विकका अनुसार उनी ०५९ सालदेखि पोखरा महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । करिब पाँच महिनाअघि वडा नम्बर १४ मा सरुवा भएर काम गर्न थालेकी थिइन् । घटनाको दिन कार्यालय सरसफाइ गरेर पानी खान भान्साकोठामा जाँदा आफूलाई १६ दिनसम्म भान्सामा नछिर्न भनिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

घटनाबारे वडा कार्यालयमै कार्यरत कर्मचारी र जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनको दाबी छ ।

विकले आफूलाई सार्वजनिक सरकारी कार्यालयमा समेत जातका आधारमा काम गर्न निषेध गरिएको भन्दै जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाहीको माग गरेकी छन् । घटनाको अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउनसमेत उनले माग गरेकी छन् ।

दसैंअघि जाहेरी प्राप्त भएको र दसैंपछि बुधबार वडा सदस्य र दुई कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 'कास्की अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखेका छौं,' उनले भने, 'घटनाबारे थप अनुसन्धान हुँदै छ ।'

वडाध्यक्ष बोधबहादुर कार्कीले भने घटना हुँदा आफू पोखराबाहिर रहेको प्रतिक्रिया दिए । फर्किएपछि कार्यालयमै दुवै पक्षबीच छलफल गराएको उनको भनाइ छ । 'दुवै पक्षबीच छलफल गर्दा गंगा विकले कानुनी बाटो नै रोज्ने अडान लिनुभयो,' उनले भने, 'हामी प्रहरीको अनुसन्धानमा सहयोग नै गर्छौं ।'

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
16h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Hamro Patro News
19h ago
राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार (कात्तिक २७ गते) खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी विज्ञा...

#कर्मचारी
Compare →
Onlinekhabar
1d ago
सोनमाका ७७ कर्मचारीलाई साइकल

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …

#कर्मचारी
Compare →
Nagarik News
10h ago
‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नगरेको भन्दै आलोचना गरेका छन्।

#जातीय #विभेद
Compare →

Related Stories

World News
Build #2612