Trending
Prev Story
Next Story

एआई प्रविधिको वार्षिक खर्च १० खर्ब डलर नजिक पुग्दा ठूला प्रविधि कम्पनीको सेयरमा गिरावट

Ekantipur •
October 31, 2026 • 07:32 AM
1
1 reads 0 reactions

अमेरिकी प्रविधि कम्पनीको बाहुल्य रहेको नास्डाक कम्पोजिट परिसूचक शुक्रबार २.८६ प्रतिशतले घट्दै २५ हजार ४ सय ३७ बिन्दुमा झरेको थियो ।

एआई प्रविधिको वार्षिक खर्च १० खर्ब डलर नजिक पुग्दा ठूला प्रविधि कम्पनीको सेयरमा गिरावट

अमेरिकी प्रविधि कम्पनीको बाहुल्य रहेको नास्डाक कम्पोजिट परिसूचक शुक्रबार २.८६ प्रतिशतले घट्दै २५ हजार ४ सय ३७ बिन्दुमा झरेको थियो ।

काठमाडौँ — यो साता अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी प्रविधि कम्पनीको बाहुल्य रहेको नास्डाक कम्पोजिट परिसूचक शुक्रबार २.८६ प्रतिशतले घट्दै २५ हजार ४ सय ३७ बिन्दुमा झरेको थियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अकासिँदै गएको लगानीबाट कहिले र कति प्रतिफल प्राप्त हुन्छ भन्ने अनिश्चितता बढिरहँदा प्रविधि कम्पनीको सेयर मूल्य भने घट्न थालेको बीबीसीले जनाएको छ ।

अक्टोबरमा नास्डाक ५.८ प्रतिशतभन्दा बढी घट्दा यसमा सूचीकृत कम्पनीको बजार पुँजी २० खर्ब अमेरिकी डलरभन्दा बढीले ओरालो लाग्ने अवस्थामा पुगेको रोयटर्सले जनाएको छ । एआई पूर्वाधारमा विश्वव्यापी लगानी वार्षिक १० खर्ब अमेरिकी डलरनजिक पुगेको आँकडा सार्वजनिक भइरहेका बेला यस्तो गिरावट आएको हो ।

जेपी मोर्गनका अनुसार सन् २०२६ मा एआईमा विश्वव्यापी पुँजीगत खर्च ९ खर्ब अमेरिकी डलर पुग्ने अनुमान छ । मोर्गन स्ट्यान्लीले भने आगामी वर्ष एआई पूर्वाधारमा मात्रै १० खर्ब अमेरिकी डलरभन्दा बढी खर्च हुने प्रक्षेपण गरेको छ । लगानी बढ्दै गए पनि त्यसअनुसार प्रतिफल प्राप्त हुनेमा आशंका बढेपछि प्रविधि क्षेत्रमा एआईको अर्को ‘बबल’ बन्न लागेको हो कि भन्ने चिन्ता लगानीकर्तामा देखिएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

‘यो साता मात्रै होइन, आजको दिन पनि एआईको भविष्य कस्तो हुनेछ, यसमा गरिएको लगानीबाट सकारात्मक प्रतिफल आउँछ कि आउँदैन र आएमा कति समय लाग्छ भन्ने विषयमै केन्द्रित रह्यो,’ वेल्थस्पायर एडभाइजर्सका ओलिभर पर्सेले रोयटर्ससँग भनेका छन् । उनका अनुसार लगानीकर्ता उच्च अपेक्षा पूरा गर्न नसक्ने कम्पनीबाट निराश देखिएका छन् ।

गिरावटमा ठूला प्रविधि कम्पनी पनि परेका छन् । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको सेयर मूल्य बिहीबार १२.६ प्रतिशतले घट्दा कम्पनीको बजार पुँजीकरण करिब ५ खर्ब अमेरिकी डलरले घटेको छ । यो दुई दशकयताकै एक दिनको ठूलो गिरावट हो । त्यस्तै, चिप निर्माता इन्टेलको सेयर मूल्य शुक्रबार २८.६ प्रतिशतले घटेको छ । अमेजनको १.४ प्रतिशत, एनभिडियाको ४.२ प्रतिशत र एएमडीको १०.९ प्रतिशतले सेयर मूल्य घटेको छ । सामाजिक सञ्जाल कम्पनी रेडिटको सेयर मूल्य २९ प्रतिशत र चिप निर्माता स्यानडिस्कको १३ प्रतिशतले घटेको रोयटर्सले जनाएको छ ।

यसबीच गुगल, मेटा, माइक्रोसफ्ट, अमेजन र ओराकलले एआई पूर्वाधार निर्माणका लागि डेटा सेन्टर, उपकरण, ऊर्जा र भाडालगायतमा भविष्यमा ३ ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । यति ठूलो लगानी प्रतिबद्धताबीच पनि बजारमा देखिएको गिरावटलाई व्यापक आर्थिक संकटका रूपमा लिन नहुने बी राइली वेल्थका प्रमुख बजार रणनीतिकार आर्ट होगनले रोयटर्ससँग बताएका छन् । ‘मलाई लाग्दैन, यो समग्र बजारमा आएको ठूलो परिवर्तन हो,’ उनले भने, ‘बरु अत्यधिक लोकप्रिय बनेको प्रविधि क्षेत्रमा भएको लगानीबाट सुरक्षित मानिएका अन्य क्षेत्रमा पूँजी सर्ने क्रम हो ।’

आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधी निर्वाचन र अर्को साता सार्वजनिक हुने एप्पलको वित्तीय विवरणले पनि लगानीकर्ताको ध्यान खिच्नेछ। एआई क्षेत्रमा लगानीको प्रतिफल र कम्पनीहरूको आगामी खर्चबारे थप संकेतका लागि एनभिडियाको वित्तीय विवरणलाई पनि चासोका साथ हेरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगलको मूल कम्पनी अल्फाबेटले हङकङ र सिंगापुरको मुद्रामा पहिलोपटक ऋणपत्र जारी गर्दै करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ। लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको ...

#अमेरिकी #एआई #डलर
Compare →
Nagarik News
8h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#अमेरिकी #रहे
Compare →
Arthasansar
11h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#रहे #खर्ब
Compare →
Bizshala
15h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#अमेरिकी #डलर
Compare →

Related Stories

Technology
Build #2611