Trending
Prev Story
Next Story

डेढ सयभन्दा धेरै अफगानी नागरिकहरुलाई निस्काशन गर्ने तयारीमा अमेरिका

Ekantipur •
October 31, 2026 • 07:31 AM
1
1 reads 0 reactions

'न्युयोर्क टाइम्स’ पत्रिकाले जनाए अनुसार, एकैपटक गरिएको अफगान नागरिकहरूको यो सबैभन्दा ठूलो निष्कासन अभियान हो । १५० भन्दा बढी अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने तयारी गरिएको छ

डेढ सयभन्दा धेरै अफगानी नागरिकहरुलाई निस्काशन गर्ने तयारीमा अमेरिका

'न्युयोर्क टाइम्स’ पत्रिकाले जनाए अनुसार, एकैपटक गरिएको अफगान नागरिकहरूको यो सबैभन्दा ठूलो निष्कासन अभियान हो । १५० भन्दा बढी अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने तयारी गरिएको छ

वासिङ्टन — अमेरिकाले आफ्नो देशमा आश्रय लिइरहेका केही अफगान आप्रवासीहरूलाई निस्कासन (डिपोर्ट) गर्ने योजना बनाएको छ । एक अमेरिकी अधिकारी र  मानव अधिकारवादी समूहहरूको गठबन्धनले शुक्रबार यस विषयमा जानकारी दिएका हुन् ।

'न्युयोर्क टाइम्स’ पत्रिकाले जनाए अनुसार, एकैपटक गरिएको अफगान नागरिकहरूको यो सबैभन्दा ठूलो निष्कासन अभियान हो । १५० भन्दा बढी अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने तयारी गरिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले लुइसियानामा दर्जनौँ अफगान आप्रवासीहरूलाई नियन्त्रणमा लिएको छ र उनीहरूलाई डिपोर्ट गर्ने योजना बनाइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार सोमबारसम्ममै पहिलो निस्कासन अभियान उडान हुन सक्नेछ।

अफगान इभाक संस्थाका प्रमुख शोन भानडाइभरका अनुसार डिपोर्टको जोखिममा परेका धेरैजसो व्यक्तिहरु सन् २०२१ मा तालिबानको कब्जापछि अमेरिका आएका थिए ।

भान डाइभरले भने, ‘डिपोर्ट हुन लागेका केही व्यक्तिहरू अमेरिकी फौजसँगै काँधमा काँध मिलाएर लडेका सहयोद्धाका छोराछोरी तथा दाजुभाइहरू हुन् । उनीहरू त्यस्ता परिवार हुन्, जो पहिल्यैदेखि तालिवानको निशानामा छन् ।’

एक अमेरिकी अधिकारीका अनुसार उनीहरूलाई पाकिस्तानको बाटो हुँदै डिपोर्ट गरिनेछ । तालिबानसँग कूटनीतिक सम्बन्ध नभएका कारण वासिङ्टनले प्रत्यक्ष रूपमा अफगानिस्तान उडान व्यवस्था गर्न सक्दैन ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीति र डिपोर्टेसन अभियानको मुख्य उद्देश्य देशको आन्तरिक सुरक्षा सुदृढ गर्नु रहेको बताउँदै आएका छन् । तर, अधिकारवादीहरूले भने यस प्रकारको धरपकडले कानुनसम्मत प्रक्रिया र वाक स्वतन्त्रताको उल्लङ्घन गरेको गरेका छन् । यस्ता कदमले अल्पसंख्यकहरूका लागि असुरक्षित वातावरण सिर्जना गरेको उनीहरुले बताएका छन् ।

भानडाइभरले अमेरिकामा रहेका अफगानहरूलाई डिपोर्टेसनबाट बचाउन उनीहरूलाई अस्थायी संरक्षित कानुनी दर्जा (टीपीएस) प्रदान गर्ने विधेयक पारित गर्न अमेरिकी संसद् (कंग्रेस) सँग आग्रह गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Hamro Patro News
7h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#तयारी
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →
Onlinekhabar
1d ago
‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

२६ कात्तिक, अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् …

#तयारी
Compare →

Related Stories

World News
Build #2611