Trending
Prev Story
Next Story

दसाैं राष्ट्रिय खेलकुद : दसाैं राष्ट्रिय खेलकुदसम्बन्धी स्मारिका सामग्री वितरण

Ekantipur •
October 31, 2026 • 07:32 AM
1
1 reads 0 reactions

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाै‌ं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री वितरण गरेको छ ।

दसाैं राष्ट्रिय खेलकुद : दसाैं राष्ट्रिय खेलकुदसम्बन्धी स्मारिका सामग्री वितरण

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाै‌ं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री वितरण गरेको छ ।

सुर्खेत — दसाै‌ंं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने तथा प्रतियोगिताप्रति अपनत्व र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री वितरण गरेको छ ।

परिषद्ले आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालालाई उक्त सामग्री वितरण गरेको हो । सोही अवसरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा दसाै‌ं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन तथा सफल आयोजनाका विभिन्न पक्षमा छलफल गरिएको थियो । कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दसाै‌ं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरव, प्रतिष्ठा र अवसरको विषय भएको उल्लेख गर्दै यसको सफल आयोजनाका लागि सम्पूर्ण कर्णालीवासीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । चन्दले प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्न आग्रह गरे । उनले दसाैं राष्ट्रिय खेलकुदलाई आफ्नो गौरव र अपनत्वको विषयका रूपमा ग्रहण गर्दै प्रतियोगिताको स्वागत तथा सफल आयाेजनाका लागि सबैलाई एकजुट हुन आह्वान गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #परिषद्ले
Compare →
Hamro Patro News
3d ago
अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद

अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद

पाकिस्तानको आन्तरिक राजनीतिक अवस्था, कमजोर सुरक्षा व्यवस्था, आर्थिक मन्दी र क्षेत्रीय कूटनीतिक तनावजस्ता प्रमुख कारणले गर्दा आयोजक राष्ट्र पाकिस्तानले १४औँ दक्षिण एसियाली खेलकुद (साग) पटक–पटक सार्द...

#खेलकुद
Compare →
Arthasansar
1w ago
कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को...

#वितरण
Compare →
Nagarik News
1w ago
चाडपर्वमा खेलकुदको रौनक, जुम्लाका गाउँगाउँमा लाखौँका पुरस्कार

चाडपर्वमा खेलकुदको रौनक, जुम्लाका गाउँगाउँमा लाखौँका पुरस्कार

दसैं–तिहारको रौनकसँगै जुम्लाका गाउँबस्ती यतिबेला खेलकुदमय बनेका छन्।

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2611