Trending
Prev Story
Next Story

बलिउडमा सेलिब्रिटीमाथि गोली प्रहारको शृंखला : कसरी दिइन्छ सुरक्षा ?

Ekantipur •
October 20, 2026 • 12:12 AM
1
1 reads 0 reactions

टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । आखिर बलिउडका कलाकार किन निसानामा पर्छन् र भारतमा उनीहरूलाई कसरी सुरक्षा दिइन्छ ?

बलिउडमा सेलिब्रिटीमाथि गोली प्रहारको शृंखला : कसरी दिइन्छ सुरक्षा ?

टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । आखिर बलिउडका कलाकार किन निसानामा पर्छन् र भारतमा उनीहरूलाई कसरी सुरक्षा दिइन्छ ?

काठमाडौँ — बलिउड कलाकार टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । घटनामा टाइगर जोगिन सफल भए पनि उनका चालक तथा एक अटोरिक्सा चालक घाइते भए ।

घटनापछि प्रहरीले अहिलेसम्म तीन आरोपीलाई पक्राउ गरिसकेको छ भने अनुसन्धान जारी छ ।

तर, बलिउडकर्मीमाथि गोली प्रहार भएको यो पहिलो घटना होइन । यसअघि पनि केही अभिनेता तथा संगीतकर्मीमाथि आक्रमणका घटना भएका छन् । केही मारिएका छन्, केही बाँच्न सफल भएका छन् । यो घटनापछि सेलिब्रिटी तथा भीआइपीहरुको सुरक्षा बढाइएको छ ।

कलाकार टाइगर श्राफमाथि गोली प्रहारको घटना आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा भएको हो । जुहु त्यही क्षेत्र हो, जहाँ थुप्रै बलिउड सेलिब्रेटीहरुको बसोबास छ । प्रहरीका अनुसार कलाकार श्राफ फुटबल मैदानबाट निस्कने क्रममा मोटरसाइकलमा रहेका तीन जनाले गाडीलाई निशाना बनाएर थुप्रै राउन्ड फायरिङ गरेका थिए । यस घटनामा टाइगरका चालक र अटोरिक्सा चालक घाइते भएका छन् भने कलाकार श्राफ सुरक्षित रहन सफल भए । घटनालगत्तै मुम्बई पुलिसले आक्रमणकारीको खोजबिन सुरु गरेको थियो । सोही क्रममा सोमबार बिहान साढे ११ बजे राजस्थानको कोटाबाट तीन आरोपी पक्राउ गरेको छ । प्रहरीको दाबी छ–उनीहरु नेपाल भाग्ने तयारीमा थिए ।

गोली प्रहारको घटनापछि अनिल पण्डित र हरमन सन्धुको नामबाट आएको एक सामाजिक सन्जाल पोस्टमा लरेन्स बिस्नोइ समूहको तर्फबाट घटनाको जिम्मेवारी लिइएको दाबी गरिएको छ । यद्यपि प्रहरीले यस दाबीको स्वतन्त्र पुष्टि गरेको छैन ।

टाइगर श्राफको घटनापछि मुम्बई पुलिसले सलमान खान, रोहित शेट्टी लगायत कलाकार र भीआइपीको निवासबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । टाइगर श्राफको सुरक्षाका लागि थप सुरक्षाकर्मी र निगरानी बढाइएको छ ।

यसअघि पनि बलिउडका हस्तीहरुमाथि पटक–पटक आक्रमण हुने गरेका घटना छन् । केहीको हत्या नै भएको छ भने कतिपय बाँच्न सफल भएका छन् । तीमध्ये एक हुन् गुल्शन कुमार । टी सिरिजका संस्थापक तथा संगीत उद्योगका हस्ती गुल्शन कुमारको १२ अगष्ट १९९७ मा गोली हानी हत्या गरिएको थियो । आक्रमणकारीहरुले १६ राउन्ड गोली चलाएका थिए । सन् २००२ मा अब्दुल रउफ दाउद मर्चेन्टलाई हत्या अभियोगमा दोषी ठहर गरिएको थियो ।

सन् १९९७ को ७ मार्चमा मुम्बईको अन्धेरीस्थित कार्यालयबाहिर निर्माता तथा निर्देशक मुकेश दुग्गलको गोली हानी हत्या भयो । उनी गोपी किसन चलचित्रका निर्देशक पनि थिए । यसअघि १९९४ मा निर्माता जावेद रियाद सिद्दिकीको पनि गोली हानी हत्या गरिएको थियो । सन् २०२२ को मे मा लोकप्रिय पन्जाबी गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो । लरेन्स बिस्नोइ र गोल्डी ब्रार समूहले यो हत्याको जिम्मेवारी लिएका थिए ।

कलाकार सलमान खानले पनि पटक–पटक धम्कीको सामना गरिरहेका छन् । भारतीय सन्चारमाध्यमका अनुसार सन् १९९८ मा चलचित्र सुटिङका क्रममा सलमानले कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । कालो हरिण बिस्नोई समुदायको धार्मिक आस्थाको प्रतीक मानिन्छ । त्यसपछि लरेन्स बिस्नोई समूहले धम्की दिने बताइन्छ । सोही क्रममा सन् २०२४ को अप्रिलमा उनको बान्द्रास्थित निवासबाहिर गोली चलेको थियो । यसैगरी फेब्रुअरी २०२६ मा निर्माता रोहित शेट्टीको मुम्बईस्थित निवासबाहिर गोली प्रहार भएको थियो । यसमा पनि लरेन्स बिस्नोइ समूहले जिम्मेवारी लिएको थियो ।

आक्रमणको सिकार भएकाहरुको सूचीमा यति मात्र सीमित छैन । १९९७ मा निर्माता तथा निर्देशक राजीव रायमाथि अबु सलेम समूहले आक्रमण गरेको थियो भने सोही वर्ष अबु सलेमका एक सहयोगीले निर्माता मनमोहन देसाइलाई गोली हान्ने प्रयास गरेका थिए । यस्तै, सन् २००० मा ‘कहो ना प्यार है’ चलचित्रको सफलतापछि निर्माता निर्देशक राकेश रोशनको कार्यालयबाहिर गोली प्रहार भएको थियो ।

मुम्बईमा बलिउडका हस्तीहरुका साथै उद्योगपति तथा व्यवसायीहरु बसोबास गर्छन् । उनीहरुलाई बेला–बेलामा धम्की दिइनुका साथै आक्रमण पनि हुने गरेको छ । यस्तोमा मुम्बई पुलिसले सुरक्षा व्यवस्था गर्छ ।

महाराष्ट्र सरकारको सन् २०१७ को कानुनअनुसार कुनै पनि व्यक्तिलाई त्यतिबेला सुरक्षा दिइन्छ, जतिखेर उनीहरुलाई वास्ताविक खतरा हुन्छ । सुरक्षा पाउन खतराको कारणसहित निवेदन दिनुपर्छ । त्यसपछि राज्यको गुप्तचर विभागले खतराको आकलन गरेर प्रतिवेदन तयार पार्छ । उक्त प्रतिवेदन उच्च अधिकारीहरु कहाँ पठाइन्छ र स्वीकृति प्राप्त भएपछि सुरक्षाको स्तर तय गरिन्छ ।

भारतमा सुरक्षा मुख्य रुपमा एक्स, वाइ, वाइ प्लस, जेड र जेड प्लस गरेर सुरक्षाको स्तर विभाजन गरिएको छ, जुन खतराको गम्भीरताका आधारमा तय गरिन्छ । अधिकांश अभिनेतालाई एक्स श्रेणीको सुरक्षा दिइन्छ, जसमा तीन सुरक्षाकर्मी तीन सिफ्टमा चौबिसै घन्टा तैनाथ रहन्छन् । समय–समयमा खतराको मूल्यांकनपछि सुरक्षाको स्तर घटाउने, बढाउने गरिन्छ । सलमान खान र शाहरुख खानलाई वाइप्लस सुरक्षा दिइएको छ, जसमा ६ सुरक्षाकर्मी रहन्छन् । सबैभन्दा उच्चस्तरको जेड प्लस सुरक्षा भने मुख्यमन्त्रीहरु र मुकेश अम्बानीलाई दिइएको छ ।

तर नागरिक, सेलिब्रिटी तथा व्यवसायीका लागि यो सुरक्षा निःशुल्क भने छैन । कानुनअनुसार यसका लागि तीन महिनाको शुल्क बराबरको बैंक ग्यारेन्टी अग्रिम रुपमा जम्मा गराउनुपर्छ, जुन सुरक्षाकर्मीको तलब, गाडी तथा अन्य खर्चको आधारमा तय गरिन्छ । मासिक शुल्क व्यक्तिको मासिक आयको १५ प्रतिशतभन्दा बढी लिइँदैन ।

अमृत अमृत दाहाल कान्तिपुर टिभीमा डेस्क एडिटर हुन् । समसामियक विषय र अन्तराष्ट्रिय मामिलामा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #प्रहार
Compare →
Hamro Patro News
1d ago
टाइगर श्राफको कारमा गोली चलाएको घटना : पाँच जनाको हिरासत अवधि थपियो

टाइगर श्राफको कारमा गोली चलाएको घटना : पाँच जनाको हिरासत अवधि थपियो

बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको घटनामा पक्राउ परेका पाँच जनाको प्रहरी हिरासत अवधि थप गरिएको छ । मुम्बईको विशेष मकोका अदालतले फूल सिंह, रेहान, कुणाल, सुमित र अंकितको हिरासत अवधि नोभेम...

#गोली #टाइगर
Compare →
Nagarik News
13h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

#बलिउड #सुरक्षा
Compare →
Onlinekhabar
5d ago
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

२२ कात्तिक, काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग …

#गोली #प्रहार
Compare →

Related Stories

National (Nepal)
Build #2611