भारतमा शिक्षा र मतदाता नामावलीसम्बन्धी सरकारी निर्णयको विरोधमा भएका प्रदर्शनमा प्रहरी दमन र मनपरी पक्राउ रोक्न तथा मानवअधिकार उल्लंघनका घटनाको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रसंघीय विज्ञहरूले आग्रह गरेका छन् ।
जेनेभा — भारतमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको र प्रदर्शनकारीलाई मनपरी पक्राउ गरेको भन्दै संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले भारतीय अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न र मानवअधिकार उल्लंघनका घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।
विज्ञहरूका अनुसार पछिल्ला तीन महिनामा नयाँदिल्लीसहित भारतका विभिन्न क्षेत्रमा शिक्षा प्रणालीसम्बन्धी सरकारी निर्णय र मतदाता नामावलीबाट नाम हटाइएको विरोधमा विद्यार्थी तथा समर्थकहरूले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नुका साथै हजारौंलाई सहभागी हुनबाट रोकेको उनीहरूको भनाइ छ ।
हालै नयाँदिल्लीमा युवा, पत्रकार, मानवअधिकारकर्मी, वकिल र राजनीतिक दलका सदस्यसहित सात हजारभन्दा बढीलाई पक्राउ गरिएको र उनीहरूका मोबाइल फोनबाट प्रदर्शनसम्बन्धी सामग्री हटाइएको खबरप्रति पनि विज्ञहरूले चिन्ता जनाएका छन् । उनीहरूले प्रदर्शनमाथिका प्रतिबन्ध हटाउन, अत्यधिक बल प्रयोग रोक्न र पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।