Trending
Prev Story
Next Story

एनएफएलमा तीन नयाँ क्लब थपिने

Ekantipur •
October 30, 2026 • 05:32 PM
1
1 reads 0 reactions

नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण १ फागुनदेखि हुने घोषणा भइसकेको छ ।

एनएफएलमा तीन नयाँ क्लब थपिने

नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण १ फागुनदेखि हुने घोषणा भइसकेको छ ।

काठमाडौँ — फुटबल फ्रेन्चाइज नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने भएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान शुक्रबार गरेको छ ।

नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति ३० कात्तिक तोकिएको छ । बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।

नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण १ फागुनदेखि हुने घोषणा भइसकेको छ ।

एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको छ । हाल लिगमा काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसी छन् ।

रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना रहको जनाइएको छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ। बुधबार दिउँसो सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब, सिरा...

#क्लब #फुटबल
Compare →

Related Stories

Sports
Build #2611