Trending
Prev Story
Next Story

पत्रकारहरू नियन्त्रणबारे महासंघ प्रतिष्ठान प्रदेशले भन्यो – शाही शासनको झल्को दिने कदम

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले विज्ञप्ति निकालेर गलत कदमप्रति सार्वजनिक रुपमा माफी माग्न सरकार र सरोकारवाला निकायसँग माग …

पत्रकारहरू नियन्त्रणबारे महासंघ प्रतिष्ठान प्रदेशले भन्यो – शाही शासनको झल्को दिने कदम

१३ कात्तिक, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले विज्ञप्ति निकालेर गलत कदमप्रति सार्वजनिक रुपमा माफी माग्न सरकार र सरोकारवाला निकायसँग माग गरेको हो।

मिडियाका कार्यालयमा प्रवेश गरी प्रहरीले पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई समाचारकक्षबाटै नियन्त्रण गरेको घटनाप्रति भर्त्सना गर्दै यस्तो माग गरिएको हो ।

‘बिना अनुमति मिडियाको कार्यालय प्रवेश गर्नु आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ, ‘नियन्त्रणपुर्जी बिनै अनधिकृत नियन्त्रणमा लिएका पत्रकारलाई तत्काल रिहा गर्न र गलत कदमप्रति सार्वजनिक माफि माग्न महासंघ प्रदेश समिति सरकार र सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।’

महासंघको प्रतिष्ठान प्रदेशका अनुसार संविधानले नै ग्यारेन्टि गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई बेवास्ता गर्दै समाचारमा आएका विषयलाई लिएर नियन्त्रण पूर्जीसमेत नदिइ नियन्त्रण गर्नु र बिना अनुमति मिडायाका कार्यलयमा प्रवेश गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।

अगाडि भनिएको छ, ‘लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारबाट शाही शासनको झल्को दिने कदमको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति घोर भत्र्सना गर्दछ ।’

साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कदम अस्वीकार्य रहेको र यस्ता कदम जारी रहे जुनसुकैस्तरका कडा कदम चाल्न बाध्य हुने चृतावनी दिइएको छ ।

प्रेस स्वतन्त्रता विरोधी कदमविरुद्ध एकजुट हुन प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, पत्रकारसम्बद्ध संस्थाहरु र सम्पूर्ण पेसागत संस्थाहरुलाई हार्दिक अपिल गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त...

#नियन्त्रण #तत्काल
Compare →
Ekantipur
3h ago
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

#प्रतिष्ठान
Compare →
Nagarik News
2d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#नियन्त्रण #दिने
Compare →

Related Stories

National (Nepal)
Build #2611