Trending
Prev Story
Next Story

पत्रकार नियन्त्रणबारे एमाले महासचिवले भने- सर्वसत्तावादी अभ्यास

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको बताएका छन्। शुक्रबार विभिन्न मिडियाको समाचार कक्षमा सादा पोसाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको सन्दर्भमा यस्तो बताएका हुन्। ‘विनापूर्जी पक्राउ …

पत्रकार नियन्त्रणबारे एमाले महासचिवले भने- सर्वसत्तावादी अभ्यास

१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको बताएका छन्। शुक्रबार विभिन्न मिडियाको समाचार कक्षमा सादा पोसाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको सन्दर्भमा यस्तो बताएका हुन्।

‘विनापूर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो। शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको स्पष्ट संकेत हो’, उनले भनेका छन्, ‘सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैली विधिसम्मत बनाउन सकेन भने, त्यही जनमत उल्टिन समय लाग्दैन। समयमै सचेत हुनु राम्रो!’

आज शुक्रबार नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
नाटोका आठ देशद्वारा बाल्टिक सागरमा पनडुब्बीविरोधी अभ्यास सुरु

नाटोका आठ देशद्वारा बाल्टिक सागरमा पनडुब्बीविरोधी अभ्यास सुरु

आठ नाटो सदस्य राष्ट्रले बाल्टिक सागरमा पाँचदिने पनडुब्बीविरोधी सैन्य अभ्यास सुरु गरेका छन्। नाटोका एक वरिष्ठ कमाण्डरले पनडुब्बीलाई निरन्तर सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन्।

#अभ्यास
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →
Ekantipur
1w ago
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2611