Trending
Prev Story
Next Story

पत्रकार नियन्त्रणबारे प्रधानमन्त्री सचिवालयको दाबी- यसबारे कुनै जानकारी छैन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । पत्रकार नियन्त्रणका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को सचिवालयले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको …

पत्रकार नियन्त्रणबारे प्रधानमन्त्री सचिवालयको दाबी- यसबारे कुनै जानकारी छैन

१३ कात्तिक, काठमाडौं । पत्रकार नियन्त्रणका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को सचिवालयले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको बताइन् ।

‘आज जे–जति घटनाक्रमहरू विकास भएका छन् । यी घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन,’ दाहालले अनलाइनखबरसँग भनिन्, ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’

यता प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिइरहेकाे छ ।

आजै नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#पत्रकार
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2612