Trending
Prev Story
Next Story

नेपालको पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रियटर खोज्दै पर्यटन बोर्ड

Bizshala •
October 30, 2026 • 01:04 PM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले देशको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई...

नेपालको पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रियटर खोज्दै पर्यटन बोर्ड

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले देशको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरबाट आवेदन मागेको छ।

बोर्डले डिजिटल तथा दृश्य सामग्रीमार्फत नेपालको पर्यटनलाई विश्वभर प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले यस्तो पहल अघि बढाएको हो।

अभियानअन्तर्गत हिमाली क्षेत्र, ओझेलमा परेका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, परम्परा तथा नेपालका विशिष्ट पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर र अन्य सिर्जनात्मक सामग्रीमार्फत प्रवर्द्धन गरिनेछ।

बोर्डको उद्देश्य सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग गर्दै नेपालको पर्यटन ब्रान्डलाई थप व्यापक बनाउनु रहेको छ। यसले नयाँ पुस्ताका कन्टेन्ट क्रियटरलाई नेपालको पर्यटन पहिचान अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने अवसरसमेत दिने अपेक्षा गरिएको छ।

इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिंकसहित आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति ५ नोभेम्बर २०२६ तोकिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताएका छन्। काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी ...

#प्रवर्द्धन
Compare →

Related Stories

National (Nepal)
Build #2611