Trending
Prev Story
Next Story

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचित

Bizshala •
October 30, 2026 • 01:04 PM
1
1 reads 0 reactions

काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन्।

एसोसिएसनको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय चयन भएका छन्। सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।

यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

नवनिर्वाचित अध्यक्ष थकालीले बैंकिङ क्षेत्रमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, मानव संसाधनको क्षमता विकास, कर्जाको गुणस्तर तथा कर्जा असुली सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन्। सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास र ज्ञान आदानप्रदानलाई पनि निरन्तरता दिने उनको भनाइ छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसमेत पारित गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

#कार्यकारी #अधिकृत
Compare →
Onlinekhabar
1d ago
विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो …

#कार्यकारी #अधिकृत
Compare →

Related Stories

Business & Economy
Build #2611