Trending
Prev Story
Next Story

निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा सुधार, साउन महिनामा मात्रै साढे २३ अर्ब कर्जा लगानी

Arthasansar •
October 13, 2026 • 06:20:56 PM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार आएको छ । चालु आव साउनमा मात्रै बैंक तथा वित्तीय...

निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा सुधार, साउन महिनामा मात्रै साढे २३ अर्ब कर्जा लगानी

चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार आएको छ । चालु आव साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट २३ अर्ब ५८ करोड बराबर कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत वृद्धि भई ५८ खर्ब ८० अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा २ अर्ब ९३ करोडले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । साउन मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६२.३ प्रतिशत छ ।

त्यसैगरी व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३७.७ प्रतिशत छ । गत आव सोही महिना यस्तो अंश क्रमशः ६२.७ र ३७.३ प्रतिशत थियो । चालु आव साउनसम्ममा निजी क्षेत्रतफ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीको ०.१ प्रतिशत बढेको छ भने विकास बैंकको ०.३ प्रतिशत घटेको छ । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १५.३ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३ प्रतिशत छ । २०८२ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.८ र ६४.४ प्रतिशत थियो।

गत साउनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फ ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत ३, निर्माण २.१, सेवा उद्योग १.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १.२, यातायात उपकरण उत्पादन तथा मर्मत ०.८, थोक तथा खुद्रा व्यापार ०.३ र औद्योगिक उत्पादन क्षेत्रतर्फ ०.३ प्रतिशतले बढेको छ । तर वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फ ५.१, कृषि ०.९ र उपभोग्य क्षेत्रतर्फ ०.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.५ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.७ र हायर पर्चेज कर्जा ०.१ प्रतिशत बढेको छ । तर विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६, क्यास क्रेडिट कर्जा १.१ र माग तथा अन्य चालु पूँजी कर्जा ०.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।

#मात्रै
Compare →
Hamro Patro News
2d ago
‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

भारतको मध्य प्रदेशस्थित रेवाका भारतीय जनता पार्टी (भाजपा) सांसद जनार्दन मिश्राले किसानबारे दिएको एउटा अभिव्यक्ति अहिले चर्चामा छ। उनले किसानले वर्षमा तीन महिना मात्रै काम गर्ने र बाँकी नौ महिना ता...

#मात्रै
Compare →
Bizshala
3d ago
जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा

जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका पहिलो त्रैमासिक विवरणले कर्जा असुलीको दबाब संस्थापिच्छे निकै फरक रहेको देखाएका...

#कर्जा
Compare →
Onlinekhabar
4d ago
तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन । गृहमन्त्रालयले पछिल्लो तीन महिनाको …

#साउन #महिनामा
Compare →

Related Stories

Business & Economy
Build #2611