Trending
Prev Story
Next Story

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

Onlinekhabar •
November 09, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन । गृहमन्त्रालयले पछिल्लो तीन महिनाको …

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् ।

के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन ।

गृहमन्त्रालयले पछिल्लो तीन महिनाको त्रैमासिक प्रगति विवरण हालै सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार साउन महिनामा ५२, भदौ महिनामा ५९ र असोज महिनामा ६४ जना विदेशी नागरिक निष्कासनमा परेका हुन् ।

गृहमन्त्रालयको सीमा तथा अध्यागमन शाखाले गरेको कामअन्तर्गत यो तथ्यांक समावेश छ ।

सबै सरकारी कार्यालयहरूले आफ्नो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम त्रैमासिक प्रगति विवरण स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ ।

उपदफा ३ मा लेखिएको छ, ‘सार्वजनिक निकायले उपदफा (२) बमोजिमको सूचना आफ्नो स्थापना र विकास भएको समयलाई विचार गरी कम्तीमा प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेछ ।’

सरकारी निकायका कामकारबाहीलाई पारदर्शी, जवाफदेही र खुला बनाउने ऐनको उद्देश्य अन्तर्गत गृह मन्त्रालयले पनि पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन । गृहमन्...

#निष्कासन #परे #१७५
Compare →
Bizshala
1w ago
भिसा उद्देश्यविपरीत काम गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने

भिसा उद्देश्यविपरीत काम गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने

काठमाण्डौ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन...

#निष्कासन #निष्कासित
Compare →

Related Stories

National (Nepal)
Build #2611