Trending
Prev Story
Next Story

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२० फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्यो

Ekantipur •
October 30, 2026 • 12:01 PM
1
1 reads 0 reactions

गत चैत १३ यता सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिदसम्बन्धी कानुन र प्रक्रिया पालना नगर्ने तथा जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२० फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्यो

गत चैत १३ यता सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिदसम्बन्धी कानुन र प्रक्रिया पालना नगर्ने तथा जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

काठमाडौँ — सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने तथा खरिद कार्यमा जिम्मेवारी पूरा नगर्ने ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो।

वर्तमान सरकार गठन भएयता कार्यालयले सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन विभिन्न सुधारका काम अघि बढाएको छ। यसक्रममा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पन्ध्रौँ र सोह्रौँ संशोधन कार्यान्वयनमा ल्याइएको छ।

त्यसैगरी, ऐन तथा नियमावलीमा भएका परिवर्तनअनुसार वस्तु तथा निर्माण कार्य खरिदका नौ प्रकारका नमुना बोलपत्रसम्बन्धी कागजात (एसबीडी) परिमार्जन गरिएको छ।

खरिद प्रक्रियामा संलग्न कर्मचारीको क्षमता अभिवृद्धिका लागि कार्यालयले आफ्नै आयोजनामा ५५६ र विभिन्न सार्वजनिक निकायसँगको साझेदारीमा थप १५६ गरी ७१२ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
सार्वजनिक खरिदका श्रमिकको न्यूनतम तलब तोकियोः कार्यालय सहयोगीको मासिक साढे ३२ हजार

सार्वजनिक खरिदका श्रमिकको न्यूनतम तलब तोकियोः कार्यालय सहयोगीको मासिक साढे ३२ हजार

काठमाडौं । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक, सामाजिक सुरक्षा र हकहितलाई व्यवस्थित गर्न सरकारले नयाँ कार्यविधि ल्याएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ...

#खरिद
Compare →
Onlinekhabar
5d ago
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

२२ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक खरिद मार्फत सञ्चालन हुने सबै प्रकारका आयोजना/कार्यक्रममा काम गर्ने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा र कल्याणका बहुआयामिक पक्ष समेटेर सरकारले सार्वजनिक खरिदमा आबद्ध …

#खरिद
Compare →
Nagarik News
5d ago
प्लास्टिकका फूलमाला बेच्ने पसलमा महानगरको अनुगमन

प्लास्टिकका फूलमाला बेच्ने पसलमा महानगरको अनुगमन

पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ।

#अनुगमन
Compare →
Bizshala
1w ago
ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन,  कर्मचारीका गुनासा सुने

ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन, कर्मचारीका गुनासा सुने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको...

#अनुगमन
Compare →

Related Stories

Politics & Governance
Build #2611