Trending
Prev Story
Next Story

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा अनुगमन, नेपाली विद्यार्थीले सुनाए आफ्ना पीडा

Onlinekhabar •
November 13, 2026 • 12:01 PM
1
1 reads 0 reactions

२७ कात्तिक, सिड्नी । अस्ट्रेलियाको मेलबर्न सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट तथा क्याफेमा यसै साता संयुक्त अनुगमन गरिएको छ। अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरूले तीन दिनसम्म …

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा अनुगमन, नेपाली विद्यार्थीले सुनाए आफ्ना पीडा

२७ कात्तिक, सिड्नी । अस्ट्रेलियाको मेलबर्न सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट तथा क्याफेमा यसै साता संयुक्त अनुगमन गरिएको छ।

अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरूले तीन दिनसम्म संयुक्त रूपमा विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेका हुन्।

कर्मचारीलाई कानुनअनुसारको पारिश्रमिक नदिएको तथा कर र सुपरएनुएसन (अवकाश बचत) सम्बन्धी प्रणालीमा दर्ता नभई वा नियम पालना नगरी व्यवसाय सञ्चालन गरेको आशङ्कामा अनुगमन गरिएको जनाइएको छ।

अनुगमनका क्रममा सङ्कलन गरिएको विवरणका आधारमा आगामी दिनमा थप अनुसन्धान, लेखापरीक्षण तथा आवश्यक कानुनी कारबाही अघि बढाइने अधिकारीहरूले बताएका छन्। यसबारे अनुसन्धान भने अझै जारी रहेको छ।

यस अभियानका लागि स्थानीय समुदायबाट प्राप्त सूचना, उजुरी तथा अघिल्ला अनुगमनका क्रममा सङ्कलित विवरणलाई आधार बनाइएको थियो। नियमविपरीत काम भइरहेको जानकारी भएमा सर्वसाधारणले आफ्नो पहिचान गोप्य राखेर सम्बन्धित निकायमा उजुरी दिन सक्नेछन्। यो अभियान ‘अपरेसन रेजोनेन्स’ अन्तर्गत सञ्चालन गरिएको हो।

नगदमा काम, कम पारिश्रमिक र ज्याला नपाउने समस्या

अस्ट्रेलियामा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थी, विशेषगरी नेपाली विद्यार्थीसमेत रोजगारस्थलमा विभिन्न प्रकारका शोषणको जोखिममा पर्ने गरेका छन्।

नगदमा काम गर्न बाध्य पारिने, कानुनले तोकेको दरभन्दा कम पारिश्रमिक दिइने तथा काम गरेको ज्याला नै नपाउने समस्या विद्यार्थीहरूले सुनाउने गरेका छन्।

मेलबर्नमा रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा भइरहेको अनुगमनको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी स्मारिका राईले आफूले काम गर्ने क्रममा दुर्व्यवहार, मानसिक दबाब र कम पारिश्रमिकको सामना गर्नुपरेको बताइन्। उनले काम गरेको अन्तिम समयको पारिश्रमिकसमेत नपाएको आफ्नो अनुभव सुनाइन्।

त्यस्तै, सनसाइन कोस्टमा अध्ययनरत नेपाली विद्यार्थी कामना श्रेष्ठले पनि रोजगारीको आश्वासनमा आफूलाई एक साता निःशुल्क काम गराइएको बताइन्।

श्रेष्ठका अनुसार सुरुमा तालिमका रूपमा एक साता काम गर्न भनिएको र त्यसपछि रोजगारी दिने आश्वासन दिइएको थियो। तर पछि बुझ्दै जाँदा अन्य विद्यार्थीलाई पनि उस्तै आश्वासन दिएर निःशुल्क काम गराइएको पाइएको उनले बताइन्।

विद्यार्थीका यी अनुभवले अस्ट्रेलियामा पढाइसँगै जीविकोपार्जनका लागि काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भोग्नुपर्ने रोजगारसम्बन्धी चुनौतीलाई उजागर गरेका छन्।

अस्ट्रेलियामा कामदारलाई तालिमका नाममा निःशुल्क काम गराउने वा कानुनले तोकेको पारिश्रमिकभन्दा कम रकम दिने अभ्यास कानुनी प्रश्नको विषय बन्न सक्छ। कामको प्रकृति र परिस्थितिअनुसार रोजगारदाताले कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने कानुनी व्यवस्था छ।

नगदमा पारिश्रमिक दिइएको अवस्थामा पनि रोजगारदाताले कर, अभिलेख र अन्य कानुनी दायित्व पूरा गर्नुपर्छ।

फेयर वर्क ओम्बड्सम्यानले भिसामा रहेका कामदारले पनि अस्ट्रेलियाका अन्य कर्मचारीसरह कार्यस्थलमा समान अधिकार पाउने स्पष्ट पार्दै आफ्नो अधिकारका विषयमा आवाज उठाउन सक्ने जनाएको छ।

फेयर वर्क ओम्बड्सम्यानका अनुसार सन् २०२५–२६ आर्थिक वर्षमा फास्टफुड, रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा काम गर्ने ३ हजार ५३८ कर्मचारीको बक्यौता पारिश्रमिकबापत ५६ लाख अस्ट्रेलियन डलरभन्दा बढी रकम असुल गरिएको थियो।

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफे सरकारी निगरानीमा

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफे सरकारी निगरानीमा

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफे सरकारी निगरानीमा कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले मेलबर्न सहरको व्या...

#मेलबर्न #रेस्टुरेन्ट #क्याफे
Compare →
Ekantipur
1d ago
सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी दिइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले जानकारी दिए ।

#अनुगमन
Compare →

Related Stories

Education & Youth
Build #2611