अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी दिइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले जानकारी दिए ।
पर्सा — छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि पर्सा र बाराका सुरक्षा अधिकारीहरूले नदीमा फोहोर विसर्जन गर्ने उद्योगहरूको स्थलगत अनुगमन गरेका छन् ।
बिहीबार दुवै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला प्रशासन कार्यालयका अधिकारी सम्मिलित टोलीले पर्सा–बारा औद्योगिक करिडोरमा रहेका विभिन्न उद्योगको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी दिइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले जानकारी दिए । छठ पर्वका बेला श्रद्धालुले सिर्सिया नदी किनारमा पुगेर सूर्यलाई अर्घ्य दिने भएकाले नदीको प्रदूषण र दुर्गन्ध कम गर्ने उद्देश्यले अनुगमन गरिएको उनले बताए ।
वर्षौंदेखि औद्योगिक फोहोरका कारण सिर्सिया नदीको पानी कालो र दुर्गन्धित छ ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।