यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — उपभोग्य वस्तुहरू उत्पादन गर्ने कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ ।
यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालमा १५ हजार थान बेबी केयर उत्पादन वितरण गरेको छ ।
वितरण गरिएका उत्पादनमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेसिङ पाउडर, नरिसिङ क्रिम र नरिसिङ सोप प्रत्येकका ५ हजार थान रहेको कम्पनीले जनाएको छ ।
शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई शिशु हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको त्वचाको उचित हेरचाहबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको उद्देश्य रहेको बताइएको छ ।
‘प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यका कारण हामीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर बेबी केयर उत्पादनहरू परिवारसम्मै पुर्याउन सकेका छौं,’ एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने, ‘यो पहलको निरन्तरताले गर्दा परिवारहरूमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएको पाउँदा खुसी लागेको छ ।’