Trending
Prev Story
Next Story

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा रहेका थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको …

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा रहेका थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो ।

एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले अध्यक्ष चयनसँगै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । थकालीले वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

साधारणसभाले अध्यक्ष दिनेश थकालीसहित उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, ज्योति विकास बैंकका सीईओ कपिल ढकाल, कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दीपेश लम्साल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिँजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं चयन भएका छन् ।

नयाँ अध्यक्ष दिनेश थकालीले एसोसिएसनले अघि बढाउँदै आएका विभिन्न पहल तथा विषयहरूलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरूमा एसोसिएसनले काम गर्ने बताए । सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर र असुली सुधार तथा सदस्य बैंकहरूबीच ज्ञान र असल अभ्यासको आदानप्रदानमा जोड दिनुपर्ने उनले बताए ।

हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीय स्तरका रहेका छन् । विकास बैंकहरूले २०८३ साल असार मसान्तसम्म एक हजार एक सय १२ शाखा र ३ सय ३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकहरूको साझा हित तथा बैंकिङ क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियामक निकाय तथा सम्बन्धित संस्थाहरूसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2w ago
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचित

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...

#एसोसिएसन #डेभलपमेन्ट #बैंकर्स
Compare →
Hamro Patro News
2w ago
च्याटजीपीटीको स्वास्थ्य सल्लाहले युवतीको मृत्यु र मुद्दापछि 'अमेरिकन मेडिकल एसोसिएसन'ले अघि सार्‍यो यस्तो अवधारणा

च्याटजीपीटीको स्वास्थ्य सल्लाहले युवतीको मृत्यु र मुद्दापछि 'अमेरिकन मेडिकल एसोसिएसन'ले अघि सार्‍यो यस्तो अवधारणा

काठमाडौं– कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग स्वास्थ्य सेवामा तीव्र रूपमा विस्तार भइरहेका बेला यसबाट हुने सम्भावित बिरामीको क्षतिको जिम्मेवारी कसले लिने भन्ने विषयमा अमेरिकन मेडिकल एसोसिएसन...

#एसोसिएसन
Compare →
Arthasansar
4w ago
मन्त्र थकालीको खानामा कीरा र भान्सामा साङ्ला भेटियो, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा कीरा र भान्सामा साङ्ला भेटियो, साढे २ लाख जरिवाना

काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र...

#थकाली
Compare →
Setopati
1w ago
न्यायलयमाथि उठेका प्रश्नबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गर्‍यो समिति

न्यायलयमाथि उठेका प्रश्नबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गर्‍यो समिति

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

#एसोसिएसन
Compare →
Nagarik News
1w ago
न्याय क्षेत्रमा प्रश्न उठेपछि नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

न्याय क्षेत्रमा प्रश्न उठेपछि नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

#एसोसिएसन
Compare →

Related Stories

Business & Economy
Build #2611