Trending
Prev Story
Next Story

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री …

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार

१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार थिए।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, कल साइन भीटी–एचसीएक्स भएको हेलिकप्टरले दिउँसो करिब १:१४ बजे उडान भरेको थियो। जोशीमठ उपत्यकाको आकाशमा उड्दै गर्दा सञ्चार विच्छेद भएको र र्ट्याकिङ सिस्टमबाट पनि यसको लोकेसन हराएको थियो।

मुख्यमन्त्री पुष्करसिंह धामी र सेनाले दुर्घटनाको पुष्टि गरेका छन्। चमोली जिल्लाका विपद् व्यवस्थापन अधिकारी नन्दकिशोर जोशीका अनुसार, ज्योतिर्मठ अन्तर्गत पर्ने मारवाडी क्षेत्रको चाई गाउँ नजिकैको पहाडमा हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

स्थानीयले जेपी ड्याममाथिको जङ्गलमा सेतो रङको कुनै वस्तुमा आगो लागेको सूचना दिएका थिए। यसको जाँच गर्न अन्य हेलिकप्टरहरू पठाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ राज्य विपद् प्रतिक्रिया बल, प्रहरी र जिल्ला प्रशासनको टोली परिचालन गरिएको छ। उद्धार टोली पहाडतर्फ उक्लिरहेको र खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, विपद् व्यवस्थापन र एसडीआरएफको संयुक्त टोलीको उद्धार कार्यलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

खराब मौसमलाई नै दुर्घटनाको मुख्य कारण मानिएको छ र शनिबारका लागि त्यस क्षेत्रको हेलिकप्टर सेवा स्थगित गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
10h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#हेलिकप्टर
Compare →
Hamro Patro News
4d ago
मुग्लिङ नजिकै घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

मुग्लिङ नजिकै घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब एक घण्टाअघि पहिरो खसेको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्न सक्न...

#नजिकै
Compare →
Ekantipur
5d ago
गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ।

#हेलिकप्टर
Compare →
Nagarik News
6d ago
ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।

#नजिकै
Compare →
Arthasansar
1w ago
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा...

#हेलिकप्टर
Compare →

Related Stories

Education & Youth
Build #2611