Trending
Prev Story
Next Story

फूलैफूलको बहार (फोटो फिचर)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको चाड तिहार तथा छठ पर्व लक्षित गर्दै हिजो बिहीबारदेखि ललितपुर जावलाखेल खेल मैदानमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु …

फूलैफूलको बहार (फोटो फिचर)

१३ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको चाड तिहार तथा छठ पर्व लक्षित गर्दै हिजो बिहीबारदेखि ललितपुर जावलाखेल खेल मैदानमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको उक्त मेला पाँच दिन अर्थात् १६ कात्तिकसम्म चल्ने छ । पुष्प मेलाको आज दोस्रो दिन हो । आज बिहानैदेखि पानी परे पनि पुष्प मेला हेर्न तथा बिरुवा किन्न सर्वसाधरण पुगिरहेका छन् ।

मेलामा ८६ वटा प्रदर्शनी कक्ष (स्टल) छन् । जसमा व्यावसायिक स्टल ७८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४, प्लान्ट क्लिनिक १ र फोटो सेल्फी स्टल १ छन् ।

मेलामा यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी सहित ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवा, सयपत्री, मखमली, अन्य सिजनल फूल तथा आलंकारिक बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरण हुने आयोजकले जनाएको छ  ।

प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
१ करोड ४६ लाख बढीको कारोबार गर्दै सकियो गोदावरी फूल मेला

१ करोड ४६ लाख बढीको कारोबार गर्दै सकियो गोदावरी फूल मेला

काठमाण्डौ । ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख रुपैयाँभन्दा...

#मेला #प्रदर्शनी
Compare →
Hamro Patro News
10h ago
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ...

#फोटो
Compare →
Nagarik News
9h ago
विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

छठ पर्व मनाउन श्रद्धालुहरू पुग्ने जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, सजावट गर्ने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ।

#फोटो #फिचर
Compare →

Related Stories

Education & Youth
Build #2611