Trending
Prev Story
Next Story

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो । देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका …

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।

देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ ।

निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने छ । यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने छ ।

भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए ।

१५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवाले भने-पैसा दिएर पार्टी किन्ने, पैसामा बेच्दिने ?

विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवाले भने-पैसा दिएर पार्टी किन्ने, पैसामा बेच्दिने ?

• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र महाधिवेशन नगराएको बताएका छन्। • उनले विशेष महाधिवेशनको प्रक्रिया नियमित महाधि…

#शेरबहादुर-देउवा #महाधिवेशन #देउवा
Compare →
Nagarik News
1d ago
के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

#महाधिवेशन
Compare →

Related Stories

National (Nepal)
Build #2611