Trending
Prev Story
Next Story

ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

Nagarik News •
November 07, 2026 • 02:06 AM
1
1 reads 0 reactions

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।

ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्न निर्देशन दिने आवाज सुनेको बताउने एक व्यक्ति ह्वाइट हाउस नजिकैबाट पक्राउ परेका छन्।

अमेरिकी गोप्य सेवाका अधिकारीहरूले उनको गाडीमा तीन वटा बन्दुक र दर्जनौं गोली फेला पारेपछि उनलाई पक्राउ गरेका हुन्।

अमेरिकी गृह सुरक्षा मन्त्रालयका अनुसार बिहीबार राति (स्थानीय समय) वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै पार्क गरिएको गाडीमा एक व्यक्ति शंकास्पद अवस्थामा भेटिएका थिए। गोप्य सेवाका अधिकारीहरूले उनीसँग सोधपुछ गर्दा उनले आफ्नो टाउकोमा केही आवाज सुनिएको र ती आवाजले राष्ट्रपति ट्रम्पलाई मार्न भनेको बताए।

पक्राउ पर्ने व्यक्ति रोनी योर्डिक्स गुआनिपा क्रिनोस रहेको अधिकारीहरूले बताएका छन्। उनको गाडी चोरी भएको उजुरी परेको पनि अनुसन्धानका क्रममा खुलेको छ। गाडीको खानतलासी गर्दा तीन वटा बन्दुक र दर्जनौं गोली भेटिएका थिए।

अधिकारीहरूका अनुसार क्रिनोस भेनेजुएलाका नागरिक हुन्। उनी सन् २०२४ को मार्चमा टेक्सास हुँदै अमेरिका प्रवेश गरेका थिए। अमेरिकी अधिकारीहरूले उनीमाथि विभिन्न आरोप लगाएका छन्। हाल उनी अमेरिकी मार्शल सेवाको हिरासतमा छन्।

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्। उनले भने, ‘गाडीमा तीन वटा बन्दुक बोकेर हिँडेका ती व्यक्तिलाई कसैलाई हानि पुर्‍याउनुअघि नै ह्वाइट हाउस नजिकै पक्राउ गर्न सफल भएका अधिकारीहरूलाई धन्यवाद।’

ह्वाइट हाउसले भने घटनाबारे छुट्टै प्रतिक्रिया दिएको छैन। उसले यस विषयमा गृह सुरक्षा मन्त्रालय र गोप्य सेवासँग जानकारी लिन आग्रह गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०७:५१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#ह्वाइट #हाउस #नजिकै
Compare →
Onlinekhabar
12h ago
के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

रातको समयमा शिशु लगातार रोइरहने, पटक–पटक ब्युँझिने र लामो समयसम्म निदाउन नसक्ने समस्या धेरै अभिभावकका लागि चुनौती हो । विशेषगरी नवजात शिशु र ६ महिनाभन्दा कम उमेरका बालबालिकामा निद्राको अनियमितता देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समय …

#ह्वाइट
Compare →
Hamro Patro News
1d ago
बिरयानी हाउसलाई दुई लाख जरिवाना

बिरयानी हाउसलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा)- खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानाम...

#हाउस
Compare →

Related Stories

World News
Build #2611