Trending
Prev Story
Next Story

बुढीगण्डकी बाढीपछि जगतपारि बगरमा फसेको कुकुरको २० दिनपछि उद्धार

Ekantipur •
October 30, 2026 • 09:01 AM
1
1 reads 0 reactions

मौसम नखुल्दा हेलिकोप्टर उडान हुन नसकेपछि कायाकिङ र र्‍याफ्टिङ टोलीले कुकुरको उद्धार गरेको हो ।

बुढीगण्डकी बाढीपछि जगतपारि बगरमा फसेको कुकुरको २० दिनपछि उद्धार

मौसम नखुल्दा हेलिकोप्टर उडान हुन नसकेपछि कायाकिङ र र्‍याफ्टिङ टोलीले कुकुरको उद्धार गरेको हो ।

गोरखा — २५ असोजमा गएको बुढीगण्डकी बाढीपछि चुमनुव्री–३ जगत पारी बगरमा फसेको कुकुरको उद्धार भएको छ । धादिङबाट आएको कायाकिङ र र्‍याफ्टिङ टोलीले कुकुरको उद्धार गरेको चुमनुव्री गाउापालिकाका अध्यक्ष निमा लामाले बताए ।

चुमनुव्री–३ जगत र धार्चे गाउँपालिका–७ टाडोभर्‍याङ सीमा क्षेत्रमा फसेको कुकुरको २० दिनपछि उद्धार गरिएको हो । शुक्रबार दिउँसो कुकुरको उद्धार गरेर जगततर्फ ल्याइएको उनले बताए ।

एनिमल नेपाल संस्थासाग समन्वय गरेर कुकुरको उद्धार गरिएको हो । हेलिकोप्टरबाट कुकुरको उद्धारको तयारी गरिए पनि मौसम अनुकुल नहुँदा बिहीबार हेलिकोप्टरबाट उडान हुन सकेको थिएन । कुकुर र केही बाख्रा फसेको जानकारी पाएदेखि नै उद्धारका लागि पहल र समन्वय भएको  भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए । ‘हिजो (बिहीबार) हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास गरेका थियौं, मौसम नखुल्दा सम्भव नभएपछि कायाकिङ र र्‍याफ्टिङ टोलीसँग समन्वय गरेर आज उद्धार टोली जगत पुगेको हो,’ उनले भने ।

२५ असोजको बाढीपछि जगतपारि बगरमा एउटा कुकुर र केही बाख्रा फसेका थिए । चुमनुव्री–३ जगत र धार्चे–१ को ठाडो भर्‍याङ सीमा क्षेत्रमा २५ असोजदेखि कुकुर फसेको थियो । कुकुरलाई वारि जगततर्फ आउन बुढीगण्डकीको भेलले रोकेको  थियो भने पारि छङ्गाछुर भिर थियो । बगरमा फसेको कुकुर खानेकुरा अभावमा भोकभोकै भाौतारिएको थियो । अहिल जगतपारि बगरमा फसेका बाख्राहरूको उद्धारको प्रयास भइरहेको छ । मौसमको अवस्था बिग्रिएपछि हेलिकोप्टर उडानमा चुनौती देखेपछि कायकिङ र र्‍याफ्टिङ टोलीमार्फत पनि कुकुरको उद्धार भएको हो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित १३ मिनेट अघि काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगद...

#कुकुर #उद्धार
Compare →
Onlinekhabar
5d ago
एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय …

#कुकुर
Compare →
Nagarik News
5d ago
मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासहित घरघरमा दीपावली गरिँदै छ।

#कुकुर
Compare →

Related Stories

Science & Climate
Build #2612