Trending
Prev Story
Next Story

कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद आगामी पुस मसान्तसम्म थपेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीले …

कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप

१३ कात्तिक, काठमाडौं । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद आगामी पुस मसान्तसम्म थपेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीले भोगेका समस्या मध्यनजर गर्दै यस्तो छुटको म्याद लम्ब्याएको बताएको छ ।

यसअघि यस्तो छुट सुविधा लिने अन्तिम म्याद २०८३ असोज मसान्तसम्म मात्र थियो । तर, ९ कात्तिकमा भएको निर्णय अनुसार उक्त म्याद बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।

मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई कानुन बमोजिम समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना तिर्न बाँकी रहेका कम्पनीलाई लक्षित गरी यो व्यवस्था गरिएको हो ।

यो व्यवस्था अनुसार त्यस्ता कम्पनीले आफ्नो कारोबार नियमित राख्न वा दर्ता खारेज (बन्द) गर्न चाहे आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने नियमित कर, शुल्क, दस्तुर तथा विवरण आउँदो पुस मसान्तभित्र पेस गर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र विवरण पेस गरे त्यसभन्दा अघिका वर्षहरूमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्णरूपमा मिनाहा हुनेछ ।

व्यवसाय सञ्चालन क्रममा विभिन्न कारण कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीले यो अवसरबाट लाभ लिन सक्नेछन् ।

सरकारको यस कदमले लामो समयदेखि विवरण पेस गर्न नसकेका कम्पनीलाई पुन: कानुनी दायरामा आउन, अभिलेख अद्यावधिक गर्न तथा व्यवसाय सञ्चालन सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।

सम्बन्धित निकायले तोकिएको समयसीमा (पुस मसान्त) भित्रै आवश्यक विवरण पेस गरी यस विशेष छुट व्यवस्थाको लाभ लिन सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

काठमाडौं । सरकारले समयमै विवरण पेस नगरेका कम्पनीलाई जरिवाना मिनाहासहित विवरण अद्यावधिक गर्ने समय थप गरेको छ । उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

#मसान्तसम्म #पुस #नगरे
Compare →
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#म्याद #मसान्तसम्म #पुस
Compare →
Nagarik News
1w ago
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।

#मसान्तसम्म #पुस #कम्पनीको
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#मसान्तसम्म #कम्पनीको
Compare →
Ekantipur
2w ago
काम गर्ने स्पष्ट आधार भए मात्रै आयोजनाको म्याद थपिन्छ : मुख्यमन्त्री शाही

काम गर्ने स्पष्ट आधार भए मात्रै आयोजनाको म्याद थपिन्छ : मुख्यमन्त्री शाही

कर्णालीका आठ जिल्लामा वर्षौंदेखि अलपत्र १९ सडक तथा पुल आयोजना सम्पन्न गराउन सरकार प्रतिबद्ध

#म्याद
Compare →

Related Stories

Technology
Build #2612