काठमाडौं । सरकारले समयमै विवरण पेस नगरेका कम्पनीलाई जरिवाना मिनाहासहित विवरण अद्यावधिक गर्ने समय थप गरेको छ । उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनीको विवरण पेस गर्ने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो।
मन्त्रालयका अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर कानुनअनुसार समयमै विवरण पेस नगरेका कम्पनीलाई लक्षित गरी कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहासम्बन्धी व्यवस्था गरिएको हो । यसअघि कम्पनीको विवरण अद्यावधिक गर्न असोज मसान्तसम्म समय दिइएको थियो । व्यवसायीको अनुरोधपछि उक्त समयसीमा तीन महिना थप गरी २०८३ पुस मसान्तसम्म पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )