Trending
Prev Story
Next Story

कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

Ekantipur •
October 30, 2026 • 12:02 PM
1
1 reads 0 reactions

उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनीको विवरण पेस गर्ने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो ।

कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनीको विवरण पेस गर्ने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो ।

काठमाडौँ — सरकारले समयमै विवरण पेस नगरेका कम्पनीलाई जरिवाना मिनाहासहित विवरण अद्यावधिक गर्ने समय थप गरेको छ । उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनीको विवरण पेस गर्ने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो ।

मन्त्रालयका अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर कानुनअनुसार समयमै विवरण पेस नगरेका कम्पनीलाई लक्षित गरी कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहासम्बन्धी व्यवस्था गरिएको हो । यसअघि कम्पनीको विवरण अद्यावधिक गर्न असोज मसान्तसम्म समय दिइएको थियो । व्यवसायीको अनुरोधपछि उक्त समयसीमा तीन महिना थप गरी २०८३ पुस मसान्तसम्म पुर्‍याइएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम बुझाउनुपर्ने विवरण तथा लाग्ने कर, शुल्क र दस्तुर पुस मसान्तभित्र बुझाउनुपर्नेछ । तोकिएको अवधिभित्र आवश्यक विवरण पेस गरी प्रक्रिया पूरा गर्ने कम्पनीलाई यसअघिका कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

विभिन्न कारणले लामो समयदेखि कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका व्यवसायीले यस व्यवस्थाबाट लाभ लिन सक्नेछन् । मन्त्रालयका अनुसार यसले समयमै विवरण पेस गर्न नसकेका कम्पनीलाई कानुनी दायरामा ल्याउन र अभिलेख अद्यावधिक गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयले तोकिएको समयसीमाभित्र आवश्यक विवरण पेस गरी उपलब्ध सुविधाको उपयोग गर्न सम्बन्धित कम्पनी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#म्याद #पुस #मसान्तसम्म
Compare →
Hamro Patro News
1w ago
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक...

#पुस #मसान्तसम्म #जरिवाना
Compare →
Onlinekhabar
1w ago
कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

१९ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिबाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा …

#पुस #मसान्तसम्म #कम्पनीको
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#मसान्तसम्म #कम्पनीको
Compare →
Nagarik News
1w ago
पुस २ गतेदेखि विराट एक्स्पो हुने

पुस २ गतेदेखि विराट एक्स्पो हुने

विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।

#पुस
Compare →

Related Stories

Business & Economy
Build #2611