दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि रु दुई लाख १२ हजार ६४० आर्थिक सहयोग गरेका छन् ।
तिहारको अवसरमा बिर्घामा आयोजित एक कार्यक्रमबीच सो रकम पुस्तकालयलाई हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा सहयोगदाताका परिवारका सदस्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
Read full story at source ( barnanmedia.com )