काठमाडौँ । नेपालको पहिलो तथा १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ। काठमाडौँको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय निर्माण गरी ऐतिहासिक दमकलसहित पुराना अग्नि नियन्त्रणका उपकरण अवलोकन गर्न मिल्ने व्यवस्था गरिएको हो।
नेपालको इतिहास र अग्नि नियन्त्रण सेवाको विकासक्रमसँग जोडिएको उक्त दमकललाई संरक्षण गर्दै सर्वसाधारणले नजिकबाट अवलोकन गर्न पाउने गरी प्रदर्शनीमा राखिएको हो। दमकललाई पुरानै स्वरूपमा फर्काउन मर्मतसम्भार तथा रङरोगन गरी व्यवस्थित रूपमा राख्ने काम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )