Trending
Prev Story
Next Story

गुन्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं सकिएसँगै अर्को महत्त्वपूर्ण पर्व तिहार नजिकिएको छ । तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको …

गुन्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ (तस्वीरहरू)

१३ कात्तिक, काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं सकिएसँगै अर्को महत्त्वपूर्ण पर्व तिहार नजिकिएको छ । तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको छ ।

यस क्षेत्रका अधिकांश किसान तिहारलाई लक्षित गरी मखमली फूलको व्यावसायिक खेती गर्दै आएका छन् । खेतबारीमा फुलेका मखमली फूल टिप्ने र परिवारका सदस्य मिलेर माला गाँस्ने काममा उनीहरू व्यस्त छन् । घरको आँगनमा बसेर फूल उन्ने र माला तयार गर्ने दृश्यले गाउँमा तिहारको रौनक बढाएको छ ।

किसानले उत्पादन गरेका फूल तथा माला बिक्री गर्न बजारको समस्या छैन । काठमाडौंका व्यापारीहरू किसानका घरमै पुगेर फूल र मालाको अर्डर गर्ने गरेका छन् । व्यापारीको मागअनुसार किसानले माला तयार पारिरहेका छन् ।

किसानका अनुसार एउटा मखमली फूलको मालाको मूल्य २५ रुपैयाँसम्म पर्ने गरेको छ । तिहार नजिकिँदै जाँदा माग र मूल्य दुवै बढ्ने उनीहरूको अपेक्षा छ ।

मखमली फूल भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने विशेष फूल हो । नओइलाउने विश्वासका कारण यसले प्रेम, आत्मीयता र दीर्घ सम्बन्धको प्रतीकका रूपमा सांस्कृतिक महत्त्व बोकेको छ ।

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इत...

#तिहार #पर्व
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार #पर्व
Compare →

Related Stories

Business & Economy
Build #2611