Trending
Prev Story
Next Story

अनि उड्यो ‘रोल्पा एयर, मेड इन नेपाल’

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, रोल्पा । रोल्पाका १७ वर्षीय एक युवकले नमूना जहाज बनाएर उडाएका छन् । सुनिलस्मृति गाउँपालिका–३, मिझिङका सुनिल विष्टले आफैँले निर्माण गरेको रिमोट कन्ट्रोल (आरसी) जहाज उडाएका हुन् । एक साताको मिहिनेतमा तयार पारेको नमूना …

अनि उड्यो ‘रोल्पा एयर, मेड इन नेपाल’

१३ कात्तिक, रोल्पा । रोल्पाका १७ वर्षीय एक युवकले नमूना जहाज बनाएर उडाएका छन् । सुनिलस्मृति गाउँपालिका–३, मिझिङका सुनिल विष्टले आफैँले निर्माण गरेको रिमोट कन्ट्रोल (आरसी) जहाज उडाएका हुन् ।

एक साताको मिहिनेतमा तयार पारेको नमूना जहाजको नाम उनले ‘रोल्पा एयर, मेड इन नेपाल’ राखेका छन् ।

विज्ञान विषयका विद्यार्थी विष्टले उक्त नमूना जहाज निर्माण गर्न करिब एक लाख रुपैयाँ खर्च लागेको बताएका छन् । कक्षा ११ मा अध्ययनरत विष्टले भने, ‘यो एक किलोमिटरसम्म उड्न सक्ने क्षमताको छ ।’

कक्षा ११ मा अध्ययनरत विष्टले रिसिभर, ट्रान्समिटर र मोटरलगायत स्थानीय स्तरमा उपलब्ध सीमित स्रोतसाधन प्रयोग गरी नमूना जहाज तयार पारेका हुन् ।

‘आवश्यक स्रोतसाधन, आर्थिक सहयोग र अवसर पाए भविष्यमा लडाकु विमान (फाइटर जेट) देखि रकेटसम्म बनाउन सक्ने आत्मविश्वास छ,’ उनले भने, ‘असम्भव भन्ने केही छैन । राज्यले साथ र सहयोग गरेमा सम्भव छ ।’

छोराको सिर्जनात्मक कामप्रति उनका बुबा मेघनाथ विष्ट पनि खुसी छन् । छोराको प्रतिभालाई सहयोग गर्न आफू तयार रहेको बताउँदै उनले अन्यले पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
रोल्पामा बस दुर्घटना हुँदा १३ जना घाइते

रोल्पामा बस दुर्घटना हुँदा १३ जना घाइते

रोल्पा नगरपालिका –६ कुटिवाङस्थित दार्बोट–माडिचौर सडकखण्ड अन्तर्गतको रिम्सक भन्ने स्थिानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घर्तीगाउँबाट लिबाङतर्फ आउँदैगरेको बा.प्र.०६००१ ख ०००९ नम्बरको बस...

#रोल्पा
Compare →

Related Stories

National (Nepal)
Build #2611